आसूसको नयाँ क्रोमबुक फ्लिप सी१०० सार्वजनिक

Technology Khabar ५ श्रावण २०७२, मंगलवार

आसूसको नयाँ क्रोमबुक फ्लिप सी१०० सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ५ साउन । असूसले नयाँ क्रोमबुक सार्वजनिक गरेको छ । कम्पनीले सोमबार विश्व बजारमा क्रोमबुक फ्लिप सी १०० (Flip C100) कन्भर्टिबल ल्यापटप सार्वजनिक गरेको हो ।

यो क्रोमबुक १० इन्चको छ भने निकै पातलो पनि रहेको छ । असूसको नयाँ क्रोमबुकको तौल केबल २ पाउण्डको छ भने यसको मोटाई केलब ०.६ इन्च मात्र रहेको छ ।

यो ल्यापटपमा टेन फिंगर इनपूट सपोर्ट गर्दछ जसको स्क्रीन आईपीएस डिस्प्ले रहेको छ । यो ल्यापटपको स्क्रीनलाई निकै सहजरुपमा ट्याबलेटको स्क्रीनजस्तै फ्लीप गर्न सकिन्छ ।

यो ल्यापटप गूगलको क्रोम अपरेटिंग सिष्टममा आधारित रहेको छ । असूसको सी१०० मा १.८ गीगाहर्जको रकचीप ३२८८ सी को क्वाड कोर सीपीयू राखिएको छ । यसमा २ जीबी र्याम वा ४ जीबी र्यामको अप्शन रहेको छ भने १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । त्यसैगरी यो ल्यापटपमा ब्लूटूथ ४.१, एचडी क्यामरा, दुईवटा यूएसबी २.० पोर्टहरु, माइक्रो एचडिएमआई तथा इन्टिग्रेटेड एसडी कार्ड रिडर रहेको छ ।

असूसको नयाँ क्रोमबुकको मूल्य यसको कन्फिगेरेसनको आधारमा २४९ अमेरिकी डलर तथा २९९ डलर तोकिएको छ । गूगलको कम्प्यूटिंग प्लेटफर्मद्धारा शक्तिप्रदान गरिएको यो क्रोमबुक पातलो र आकर्षक ल्यापटप प्रयोग गर्न रुचाउनेका लागि सूपथ छनौट हो ।

नौ घण्टाको ब्याट्री पावर दिने यो ल्यापटपमा ९७ प्रतिशत फूल साइजको कि बोर्ड रहेको कम्पनीले जानकारी दिएको छ ।

असूसको यो ल्यापटप कम्पनीको अनलाईन स्टोरका साथै न्यूईग डटकम र अम्याजन डटकममा उपलब्ध रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ५ श्रावण २०७२, मंगलवार

ताजा समाचार