माइक्रोम्याक्सको पहिलो स्मार्ट ब्याण्ड, ‘यू फिट’ले स्वास्थ्यको बारेमा जानकारी दिने

Technology Khabar ५ श्रावण २०७२, मंगलवार

माइक्रोम्याक्सको पहिलो स्मार्ट ब्याण्ड, ‘यू फिट’ले स्वास्थ्यको बारेमा जानकारी दिने

काठमाडौं ।

काठमाडौं, ५ साउन । माइक्रोम्याक्सको सब्सिडरी कम्पनी यू (Yu) को पहिलो फिटनेस ब्याण्ड यूफिट (Yu Fit) छिटै भारतीय बजारमा उपलब्ध हुने भएको छ । कम्पनीले ल्याएको यो पहिलो ब्याण्ड यहि जूलाई २९ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुने भएको छ ।

यू टेलिभेन्चर्सले बनाएको यो फिटनेस ब्याण्डको फ्ल्याश सेल ईकमर्श साइट अम्याजन डटइनमा हुनेछ । माइक्रोम्याक्सको यूफिटको पहिलो अनलाइन सेलका लागि मंगलवारदेखि रजिष्ट्रेशन शुरु भएको छ ।

यो फिटब्याण्ड ब्लूटूथको माध्यमबाट स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । यो आईफोन तथा एन्ड्रोयड स्मार्टफोन दुबैमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यो डिभाइस गूगल प्लेमा भएका तथा गूगल प्ले स्टोर र एप स्टोर हेल्दीफाई मी एपसँग पनि संचालन हुन्छ ।

माइक्रोम्याक्सले पहिलो एक हजार कस्टमर्सलाई फिटनेस कोचको सहयोग पनि उपलब्ध गराउने घोषणा गरेको छ । यू फिटले हेल्दीफाई मीका साथ गरिएको सहकार्यमा यू फिटका लागि विशेष प्याकेज तयार गरिएको छ । यसअन्तरगत यूजरलाई फिटनेस ट्रेनर, न्यूट्रिशियन तथा डायटिशियनको सुविधा पनि उपलब्ध छ ।

यो ब्याण्ड स्टेप ट्याकिंग, स्ली ट्रयाकिंग, डिस्टेन्स कभर्ड तथा क्यालोरी बन्र्ट जस्ता विशेषताहरुका लागि प्रयोग गर्न सकिन्छ ।

ब्याण्डका साथमा प्रयोग गर्न विभिन्न एप्स उपलब्ध रहेका छन् । ती एप्सद्धारा प्रयोगकर्ताले हरेक दिनका लागि आफ्नो लक्ष्य पनि निर्धारित गर्न सक्नेछ ।

यसमा हेर्नको लागि ओएलईडी डिस्प्ले राखिएको छ भने यसले इनकमिंग कल, ईमेल तथा म्यासेज आएको बेलामा यूजरलाई जानकारी पनि दिन्छ ।

माइक्रोम्याक्सले यूफिट ब्याण्डको मूल्य ९ सय ९९ भारु तोकेको छ ।

easy care

प्रकाशित: ५ श्रावण २०७२, मंगलवार