Technology Khabar ५ श्रावण २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ५ साउन । अनलाइन सपिङ सम्बन्धी कारोबार गर्ने केमु (Kaymu) ले आइओएस (iOS) प्रयोगकर्ताका लागि पनि आफ्नो एप उपलब्ध गराएको छ । कम्पनीले गत वर्ष एण्ड्रोइडमा आधारित एप प्रस्तुत गरेपछि अब आफ्नो आइओएस एपसँगैं मोबाइल बजारलाई विस्तार गरेको छ ।
नेपालमा बजार प्रवेशसँगै नेपाली अनलाइन बजारमा तीव्रताका साथ बजार विस्तार गर्न सफल भएको केमूले देशमा ई कमर्सको विकासमा भैरहेको परिवर्तनको फाइदा लिएको बताएको छ ।
केमुले क्रेता र बिक्रेता दुवैका लागि आपसी छलफल गर्ने मन्च उपलब्ध गराउने र स्मार्ट फोनदेखि लिएर कम्प्युटरहरु, कपडाहरु, सामानहरु र घरायसी उपकरणहरु र अन्य धेरै वस्तुहरुका बारेमा यथेष्ट सूचना दिई उत्कृष्ट कारोबारको मौका दिलाउने कम्पनीले दाबी गरेको छ ।
मोबाइलको बजारीकरणलाई नेपालमा अनलाइन सपिङले पुर्नपरिभाषित गरिरहेको भन्दै केमुले यस कार्यमा सबैभन्दा अग्रस्थानमा रही उत्कृष्ट अनलाइन सपिङको अनुभूति बाँड्न चाहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा एण्ड्रोइड र आइफोनको बढ्दो प्रयोकर्ताहरुबाट प्रभावित केमुले प्रयोगकर्ताहरुको आैंलामा किनमेलको अनुभव प्रदान गर्न आफ्नै मोबाइल एप्पको विकास गरेको स्पष्ट पारेको छ । केमु आइओएस एप्पको उद्देश्य संकुचित खरीद प्रक्रियालाई सहज प्रविधिमा आधारित एवं संगठित रुपमा रुपान्तरित गर्नु रहेको छ ।
केमु आइओएस एप नेपालमा अनलाइन कारोबारलाई सहज बनाउने गरी निर्माण गरिएको छ र यसमा रहेका नयाँ विशेषताहरुले गर्दा बिक्रेताहरुलाई बिक्रीका लागि राखिएका उत्पादनहरुको तालिका बनाउन सजिलो हुन्छ भनें खरीदकर्ताहरुलाई ती बृहत सूचीबाट आफूलाई आवश्यक उत्पादन छान्न सहज पनि हुने कम्पनीको भनाई छ । यो एप एप्पलको एप स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।
प्रकाशित: ५ श्रावण २०७२, मंगलवार