एलजीको नयाँ स्मार्टफोन बेलो टू सार्वजनिक

Technology Khabar ५ श्रावण २०७२, मंगलवार

एलजीको नयाँ स्मार्टफोन बेलो टू  सार्वजनिक
तस्विरः गूगल
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ५ साउन । एलजीले बजारमा नयाँ स्मार्टफोनको घोषणा गरेको छ । कम्पनीले बेलो सिरिजको नयाँ स्मार्टफोन बेलो टू (LG Bello II) बजारमा ल्याएको हो । यो स्मार्टफोन एलजीले गत वर्ष बजारमा ल्याएको बेलो स्मार्टफोनको नयाँ संस्करण हो । अर्थात एलजी बेलो टू गत वर्षको अपडेटेड भर्सनको रुपमा बजारमा देखिएको छ ।

एलजीले नयाँ बेलो टू स्मार्टफोन दक्षिण अमेरिका तथा भारतीय बजारमा यहि महिना बजारमा उपलब्ध हुने बताएको छ । त्यसपछि यूरोपेली मुलुकहरु तथा कमनवेल्थ मुलुकहरुमा तेस्रो चौमासीकमा सार्वजनिक गर्नेछ । कम्पनीले भारत तथा मेक्सीकोमा यसलाई एलजी म्याक्सको नाममा सार्वजनिक गर्नेछ ।त्य सैगरी ब्राजील र चिलीमा प्राइम टू नाममा सार्वजनिक गर्नेछ ।

यो स्मार्टफोन सिंगल तथा ड्यूअल सिम भेरिएन्टमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

तस्विरः गूगल
तस्विरः गूगल

एलजी बेलो टू स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ भने यसमा ५ इन्चको एफडब्लूभिजीए स्क्रीन राखिएको छ । एलजीको यो फोनमा १ जीबी र्याम तथा ८ जीबी आन्तरिक मेमोरी  रहेको छ भने २,५४० एमएएचको ब्याट्री राखिएको छ ।

बेलो टूमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

एन्ड्रोयडको ललीपप ५.१.१ भर्सनमा आधारित यो स्मार्टफोनमा गेस्चर सट, सेल्फी फ्ल्याशजस्ता विशेषता रहेका छन् ।

यसमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ ४.०, जीपीएस, यूएसबी २.० अप्शन छ भने ह्वाईट, ब्ल्याक, टाइटन एण्ड गोल्ड कलरमा उपलब्ध हुनेछ ।

Sajilo Visa

प्रकाशित: ५ श्रावण २०७२, मंगलवार

तपाइको प्रतिक्रिया