Technology Khabar ५ श्रावण २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ५ साउन । विवाहितले डेटिंग गर्ने साइट एशलेमेडिसन डट कम (AshleyMadison.com) ह्याक भएको छ । लाइफ इज शर्ट, ह्याभ एन अफेयर (Life is short, Have an affair) ट्यागलाइन भएको डेटिंग साइट ह्याक भएपछि विश्वभर हलचल मच्चिएको छ ।
यो वेबसाइटमा विवाहित व्यक्तिहरुले डेटिंग गर्नका लागि पार्टनर खोजी गर्ने गर्दथे । यो साइटका सदस्यहरुको उदेश्य विवाहपछि पनि अफेयर गर्नु रहेको छ ।
यो वेबसाइट ह्याक भएपछि लुकिछिपी जो व्यक्तिहरुले डेटिंग साइटको माध्यमबाट आफ्नो सहकर्मि खोजेका थिए वा खोजीरहेका थिए उनिहरुबिच हलचल मच्चिएको छ ।
एशलेमेडिसन डट कम साइटमा रहेका हरेक सदस्यहरुको नाम, ठेगाना, फोटो तथा सबै जानकारीसहितको विवरण ह्याकरहरुले ह्याक गरेका छन् । यो साइटबाट करिब ३ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत डिटेल ह्याक भएको छ ।
ह्याकरहरुले यो साइटका सदस्यहरुको नग्न तस्विर तथा यौन सम्बन्धि विषयहरुलाई सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।
यो साइटमा केहि व्यक्तिहरुले आफ्नो फेक एकाउन्ट बनाएका थिए, तर उनिहरुको मेल आईडी तथा फोन नम्बर पनि ह्याक भएपछि त्यस्ता व्यक्तिहरुको बारेमा पनि जानकारी ‘लीक’ हुने भएको छ । यति मात्र होईन, यो साइटले व्यक्तिहरुसँग गोप्य जानकारी लिने गरेको थियो, जसको बारेमा व्यक्तिहरु घरमा पनि भन्ने गरेका थिएनन् । एशलेमेडिसन डट कम साइटमा व्यक्तिहरुले रजिष्टर गर्ने समयमा नै व्यक्तिको रुची, पार्टनको उमेर, रंग, साइज जस्ता विषयमा सोधिने गरेको थियो ।
यो वेबसाइटको क्यानेडियन संचालक, एभिड लाइफ मिडियाले यो साइटको सिष्टममा भएको वास्तविक नाम, क्रेडिट कार्ड जानकारी तथा अन्य विभिन्न जानकारीहरु लिक भएको निश्चित गरेको छ । एभिड लाइफले हाल साइटलाई सुरक्षित पारिएको तथा अनधिकृत पहुँच बिन्दूहरुलाई बन्द गरिएको बताएको छ ।
यो साइट ह्याक गर्नेहरुले आफ्नो नाम ‘इम्प्याक्ट टिम’ भएको बताएका छन् । उनिहरुले एशलेमेडिसन डट कम संचालन गर्ने कम्पनी एभिड लाइफ मिडियाको टोरोन्टो अफिसमा भएका सारा संवेदनशिल तथ्यांकहरु ह्याक गरिदिएका छन् ।
ह्याकर समूहले ग्राहकको डाटावेस, सोर्स कोड, वित्तिय रेकर्ड तथा ईमेलहरुलगायतका जानकारी लिएका छन् ।
एशले मेडिसन डट कममा प्रयोगकर्ताहरुका कयौं विवादित भिडियो राखिएका थिए । यो एक भिडियो शेयरिंग साइट पनि हो, जसमा अहिले विवादास्पद विषय जोडिएका छन् ।
सन् २००५ मा बनाएको वेबसाइटमा अहिलेसम्म विश्वभर ३ करोड ७० लाख प्रयोगकर्ता रहेका छन् ।
साइटले आफ्ना सदस्यहरुसँग उनिहरुको कामको परिस्थितिको बारेमा पनि जानकारी दिने गरेको थियो कि उनिहरु कहाँ र कस्तो अवस्थामा आफ्ना पार्टनरसँग भेट्न चाहन्छन् । त्यसैगरी केहि व्यक्तिका लागि यो साइटले पार्टनर खोज्न पनि सहयोग गर्दथ्यो ।यो साइटका संचालन कम्पनीमा विशेषगरी टोरन्टोसहित ब्राजील, साइप्रस तथा जापानलगायतका देशहरुमा १ सय ६० जना कर्मचारी कार्यरत रहेका छन् । एजेन्सीको सहयोगमा
प्रकाशित: ५ श्रावण २०७२, मंगलवार