सामसुंगले ल्यायो विश्वको सबैभन्दा पातलो ट्याबलेट, ट्याब एस २ को दुई मोडल सार्वजनिक

Technology Khabar ४ श्रावण २०७२, सोमबार

सामसुंगले ल्यायो विश्वको सबैभन्दा पातलो ट्याबलेट, ट्याब एस २ को दुई मोडल सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ४ साउन । सामसुंग कम्पनीले आफ्नो नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले एस ट्याब सिरिजका नयाँ दुईवटा ट्याबलेट बजारमा घोषणा गरेको हो । सामसुंगले दुईवटा ट्याब ८ ईन्च र ९.७ (S2 8.0 & S2 9.7)  ईन्चको मोडलमा ल्याएको छ ।

सामसुंगले ल्याएको नयाँ ट्याबलेटलाई विश्वको सबैभन्दा पातलो ट्याबको रुपमा उल्लेख गरेको छ । कम्पनीकाअनुसार यी ट्याबलेटहरु आईप्याड एयर टू, सोनी एक्सपेरिया जेड फोर ट्याब तथा डेल भेन्यू ८ ७००० भन्दा पनि पातलो रहेको छ । कम्पनीका अनुसार ट्याब एस टू सिरिजको बिक्री अगस्टदेखि मात्र हुनेछ ।Samsung-Galaxy-Tab-S

यी दुबै ट्याबहरुले प्रयोगकर्ताहरुलाई उत्कृष्ट दृश्य तथा उत्पादक फीचरहरुमा छिटो, सहज पहुँच दिने कम्पनीका सिईओ तथा आईटी एण्ड मोबाइल डिभिजनका अध्यक्ष जेके शिनले बताए । उनले भने, ‘उपभोक्ताका लागि बोकेर हिँडन र जहाँसुकै प्रयोग गर्नका लागि सामसुंग ग्यालेक्सी ट्याब एस २ महत्वपूर्ण र पूर्ण व्यक्तिगत भिजुअल डिभाइस हो ।’Galaxy-Tab-S2-4

सामसुंगले ल्याएको ट्याब एस टू ८.० (Tab S2 8.0) मा १.९ गीगाहर्जको क्वाड कोर तथा १.३ गीगाहर्जको क्वाड कोर गरेर अक्टाकोर प्रोसेसर रहेको छ । यसमा ८ ईन्चको सूपर एमोलेड डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन १५३६X२०४८ पिक्सेल रहेको छ । यसमा ३ जीबीको र्याम छ भने ३२ जीबी र ६४ जीबी दुई संस्करणमा उपलब्ध छ । यसको आन्तरिक मेमोरी माइक्रो एसडीद्धारा बढाउन सकिन्छ भने यसमा ४,००० एमएएचको ब्याट्री राखिएको छ ।

ट्याब एस २ ८.० मा ८ मेगापिक्सेलको रियर क्यामराका साथै २.१ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो ट्याबको मोटाई ५.६ मिलिमीटर तथा २६५ ग्राम तौल रहेको छ । सामसुंगको यो ट्याब एन्ड्रोयडको ललीपप ५.० मा आधारित भएर संचालन हुन्छ ।Galaxy-Tab-S2-5

त्यसैगरी सामसुंगले ल्याएको अर्को ग्यालेक्सी ट्याब एस टू ९.७ (Tab S2 9.7) मा पनि अक्टाकोर प्रोसेसर नै राखिएको छ । यो ट्याबमा ९.७ इन्चको सूपर एमोलेड डिस्प्ले रहेको छ जसको पिक्चर रिजोल्यूशन ट्याब एस२ ८.० को जस्तै १५३६X२०४८ रहेको छ ।

यो ट्याबमा पनि ३ जीबी र्याम तथा ३२ जीबीर ६४ जीबी आन्तरिक मेमोरी रहेको छ । ग्यालेक्सी ट्याब एस २ ९.७ पनि ५.६ मिलिमीटर मोटाई तथा ३८९ ग्रामको रहेको छ । यसमा ५,८७० एमएएचको ब्याट्री राखिएको छ भने एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित रहेको छ । यसमा पनि ट्याब एस २ ८.० मा जस्तै क्यामरा फीचर रहेको छ ।Galaxy-Tab-S2-3

दुबै ट्याबहरुमा वाईफाई तथा एलटीई रहेको छ भने फींगर प्रिन्ट स्क्यानर तथा मल्टिटास्कींगको फीचर रहेका छन् ।

सामसुंगले दुबै ट्याबलेटहरु अगस्टदेखि बजारमा आउने भनेपनि यी ट्याबलेटहरुका मूल्य कतिहुनेछ भनेर कुनै जानकारी दिएको छैन् ।यसमध्येको ९।७ इन्चको ट्याब जर्मनीमा बिक्रीका लागी अनलाइनमा लिष्टेड भइसकेको बताईएकोछ ।

easy care

प्रकाशित: ४ श्रावण २०७२, सोमबार