हुवावेका ‘वाई फाइभ सी’ र ‘वाई थ्री सी’ स्मार्टफोन बजारमा

Technology Khabar ४ श्रावण २०७२, सोमबार

हुवावेका ‘वाई फाइभ सी’ र ‘वाई थ्री सी’ स्मार्टफोन बजारमा

काठमाडौं ।

काठमाडौं, ४ साउन । हुवावेले बजेट स्मार्टफोनहरु स्थानिय बजारमा ल्याएको छ । मोबाइल प्रयोगकर्ताहरुको माग र चाहनालाई ध्यानमा राखेर हुवावेले बजारमा वाई फाईभ सी (Y5C), वाई थ्री सी (Y3C) स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ ।

बजेट मूल्यमा उपलब्ध हुने यी नयाँ स्मार्टफोनहरुको गुणस्तर र कार्यक्षमता भने प्रिमियम स्मार्टफोनकै हाराहारीको रहेको हुवावे मोबाइलका न्यूरोडका लागि आधिकारीक बिक्रेता टेलि टूका निर्देशक रोशन बिष्टले जानकारी दिए ।

हुवावेले ल्याएको नयाँ स्मार्टफोन वाई फाइभ सीमा ४.५ इन्चको भिभिड डिस्प्ले राखिएको छ । यसमा शक्तिशाली सुपर फाष्ट १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । हुवावे वाई फाइभ सी स्मार्टफोनमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ जुन यो फोनको श्रेणीका अन्य स्मार्टफोनमा पाउन कठिन हुन्छ ।

त्यसैगरी यो फोनमा दुईवटा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको क्यामरा तथा २ मेगापिक्सेलको क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो फोनमा १,७३० एमएएच ब्याट्री राखिएको छ ।

हुवावेले बजारमा ल्याएको अर्को स्मार्टफोन हो वाई थ्री सी । यो स्मार्टफोनमा ४ इन्चको भिभिडि डिस्प्ले राखिएको छ भने सूपर फाष्ट १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ ।Huawei Y3C

यो स्मार्टफोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

हुवावे वाई थ्री सी स्मार्टफोनमा दुई वटा एलईडी फ्ल्याशसहित ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सर्पोट गर्ने यो स्मार्टफोनमा १,७३० एमएएचको ब्याट्री राखिएको छ ।

हुवावेले यी दुबै स्मार्टफोनहरु युवाहरुको रुची तथा मागलाई ध्यानमा राखेर ल्याएको टेलि टूका निर्देशक बिष्टले बताए । उनले भने, अहिले मोबाइल बजारको रुपमा स्थापित न्यूरोडलगायतका क्षेत्रमा हुवावे मोबाइलको माग निकै बढेको छ । बैशाख १२ गते गएको महा भूकम्पपछि हुवावे ब्राण्डको मोबाइल खरिद गर्न आउने ग्राहकहरुको संख्या पनि बढेको उनको भनाई थियो ।

सस्तो मूल्यमा थ्रीजी सपोर्ट गर्ने यी स्मार्टफोनहरुको मूल्य क्रमश ९ हजार ९ सय ९९ रुपैंया तथा ७ हजार ९ सय ९९ रुपैंया तोकिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ४ श्रावण २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार