Technology Khabar ४ श्रावण २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ४ साउन । याहूले नयाँ म्यासेजिंग एप लन्च गरेको छ । याहू म्यासेन्जर सर्भिस असफल भएपछि कम्पनीले नयाँ म्यासेजिंग एप सार्वजनिक गरेको हो ।
ह्यांगआउट, फेसबुक म्यासेन्जर तथा ह्वाट्सएप जस्ता निशुल्क प्रयोग गर्न सकिने एप्स बजारमा आएपछि प्रयोगकर्ताहरुले याहूको म्यासेन्जर एप प्रयोग गर्न नै छाडेका थिए । यसलाई ध्यानमा राखेर कम्पनीले फेरी एक पटक यूजर्सलाई आकर्षित गर्न याहूले लाईभटेक्स्ट (Livetext) नामक म्यासेजिंग एप सार्वजनिक गरेको हो ।
यो एपको माध्यमबाट यूजरले टेक्स्ट म्यासेजका साथै आफ्नो अनुहारको फोटो पनि पठाउन सक्नेछ । यहि फीचरको कारणले यो एपलाई साइलेन्ट भिडियो एप भन्न सकिनेछ । कम्पनीले यो एपलाई हाल आईओएसका लागि मात्र सार्वजनिक गरेको छ । यो एप एन्ड्रोयडका लागि कहिले सार्वजनिक हुन्छ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् ।
याहूले यो एप जूलाई ११ तारिखमा हंगकंगमा सार्वजनिक गरेको थियो । यो एपले अहिले भाइवर, फेस टाइम तथा स्काइपको जस्तो लाइभ टेक्स्ट भिडियो कलिंगलाई भने सर्पोट गर्दैन् ।
याहूकी प्रमुख कार्यकारी अधिकृत मैरिसा मेयरले भनिन्, ‘कुरियर मेलदेखि टेलिफोन तथा टेक्स्ट म्यासेजिंगसम्म हामी हरेक पटक केहि नयाँ खोजमा रहने गर्दछौं । साथीभाईसँग जोडिनका लागि अधिक सहज तथा नयाँ तरिका खोजी रहन्छौं । याहूले विस्तारै-विस्तारै आफ्नो मोबाइल म्यासेन्जर एपलाई अपडेट गरेको छ ।’
भिडियो तथाा टेक्स्ट एक नयाँ एक्सपेरिमेन्ट हो र यसले साधारण कनेक्सनलाई फन एक्सपेरियन्स बनाउने कम्पनीले बताएको छ ।
प्रकाशित: ४ श्रावण २०७२, सोमबार