Technology Khabar ३ श्रावण २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ साउन । स्मार्टफोन प्रयोगकर्ताले विभिन्न प्रकारका एप्स आफ्नो रुची र आवश्यकताअनुसार प्रयोग गर्ने विषय कुनै नौलो होईन् । अझ यूवाहरुले वयस्कहरुले भन्दा बढि एप्स स्मार्टफोनमा डाउडलोड गर्ने र प्रयोग गर्ने गर्दछन्, जो समाजिक संजालका एप्स बढि प्रयोग गर्दछन् । विश्वभर एप्स प्रयोग गर्ने परम्परा र तरिका करिब करिब एउटै रहेको छ ।
एप्पलको एप स्टोरमा १ सय ५५ मुलुकका प्रयोगकर्ताहरु दर्ता भएका छन्, जसले अधिकतम क्याण्डिक्रश तथा स्पोटिफाई मूख्यरुपमा प्रयोग गर्ने गर्दछन र विश्वभर यी एप्स अधिक बिक्री भएका एप्समध्ये पर्दछन् । तर केहि यस्ता मुलुकहरुमा अन्य प्रकारका एप्स लोकप्रिय छन्, जुन बजारमा विरलै मात्र जानकारीमा आएका हुन्छन् ।
यहाँ हामी आज आईफोनमा अधिक मात्रा प्रयोग हुने केहि एप्सको बारेमा जानकारी दिन्छौं जसलाई एप्पलले विश्वभर जून २४ तारिखतिर मूल्यांकन गरेको थियो ।
प्लम्बर क्र्याक (Plumber Crack)
श्रेणी १, नेपाल
सेलर: फ्ल्यूक इन्टरटेनमेन्ट
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
प्लम्बर क्रयाक गेमगको लक्ष्य भनेको तपाईँको अगाडि भएको निहुरेर काम गरिरहेको प्लम्बरको निकै तल झरेको प्याण्टमाथि विभिन्न वस्तुहरु फ्याँक्नु हो ।
प्रयोगकर्ताले पुरुष प्लम्बर, आदर्श, महिला प्लम्बर, बेट्टी छनौट गर्न सक्नेछ । एउटा प्लम्बरले सिंकको समस्यासँग जुधिरहेको समयमा उसको पछिल्लो कम्मरको भाग बेला बेलामा झुकिरहेको हुन्छ । त्यहि कम्मरको भागलाई प्रयोगकर्ताले आफ्नो टार्गेटको रुपमा प्रयोग गर्दछ । प्रयोगकर्ताले आईस क्यूबबाट शुरु गर्दछ । यसका साथै अगाडि अतिरिक्त बढेमा तपाईँले नयाँ सामाग्रीहरु (बदाम, स्ट्रवेरी, गल्फटी, क्वर्टर्स, गोल्डफीश इत्यादि) खरिद गर्न क्रयाक बक्स आर्जन गर्न सक्नुहुनेछ ।
तपाईँले यसमा साँचैको रकम भूक्तानी गरेर क्रयाक बक्स पनि खरिद गर्न सक्नुहुनेछ ।
त्यसैगरी अन्य नामै नसुनिएका एप्स पनि विभिन्न मुलुकमा निकै लोकप्रिय रहेका छन् । ती यस्ता छन् ।
पाष्टर क्रिश डिजिटल लाईब्रेरी
श्रेणी १, जिम्बाबे
सेलर: क्राइष्ट एम्बेसी
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
रेभहेड्ज इन्जिन साउण्ड
श्रेणी ९, मेसोडोनिया
सेलर: डि एस लंग एण्ड साउण्डवेभ कन्सेष्टर्स प्रालि एण्ड सि जी वाइज
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
मुस्लिम प्रो
र्यांक १७, अल्जेरिया
सेलर: बिट्समेडिया पेट
मूल्य: निशुल्क
इन एप पर्चेज छ
सपोर्ट गल्र्स
र्यांक १४, इजिष्ट
सेलर: हार्लेक्स प्रोजेक्टस्
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
बेकरी स्टोरी
र्याक ७, स्वाजिल्याण्ड
सेलर: स्टोर्म ८
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
ब्लिंकिष्ट
र्यांक ११, दक्षिण अफ्रिका
सेलर: ब्लिंक्स ल्याब्स
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
मन्सटर स्ट्राइक
र्यांक १ जापान
सेलर: मिक्सी
मूल्य: निशुल्क
स्टोरमा खरिद गर्न सकिने
प्रकाशित: ३ श्रावण २०७२, आईतवार