शिओमीको फोर के टिभी सार्वजनिक, माेटाई ९.९ इन्च मात्र

Technology Khabar ३ श्रावण २०७२, आईतवार

शिओमीको फोर के टिभी सार्वजनिक, माेटाई ९.९ इन्च मात्र

काठमाडौं ।

काठमाडौं, ३ साउन । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । शिओमीले चीनमा आयोजित एक कार्यक्रममा नयाँ टेलिभिजन सार्वजनिक गरेको हो । शिओमीले एमआई टिभी टूएस (Mi TV 2S) नाममा नयाँ टेलिभिजन सार्वजनिक गरेको हो ।

कम्पनीले दुईवटा मोडलमा ४८ इन्चका नयाँ टेलिभिजन सार्वजनिक गरेको हो । यसमध्ये एक मोडलको मूल्य करिब ५० हजार तथा अर्को मोडलको मूल्य ६५ हजार रुपैंया तोकिएको छ । यी दुबै मोडलहरु बजारमा २२ जूलाईदेखि बजारमा उपलब्ध हुनेछ ।Mi TV 1

यी एमआई टिभी २ एस निकै स्पष्ट दृश्य, कलर तथा कन्ट्रास्ट दिने कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यसमा उत्कृष्ट म्यूजिकका लागि बोस कम्पनीका सिनेमेट वान एसआई थिएटर स्पीकर राखिएको छ ।

यो टेलिभिजनले फोर के भिडियो सपोर्ट गर्दछ भने यी टेलिभिजनका फ्रेम आल्मूनियमद्धारा बनेको छ ।

यी टिभीहरुको मोटाई ९.९ मिलिमीटर पातलो छ जुन शिओमीको स्मार्टफोन एमआई फोर बराबर छ । Mi 2

शिओमीका एमआई टिभी टू एसमा वाईफाई तथा ब्लूटूथ ४.१ फीचर दिईएको छ ।

दुबै टिभीमा २ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ । टिभीहरुमा एमस्टार ६ए९२८ प्रोसेसर दिईएको छ । एन्ड्रोयडमा आधारित यी स्मार्टफोनहरु ललीपप ५.० भर्सनमा संचालन हुन्छन् ।

यी टेलिभिजनहरुमा डिजिटल डल्बी साउण्ड प्रविधि रहेको छ । एचडिएमआई २.० र यूएसबी ३.० पोर्ट पनि राखिएको छ ।

यी टेलिभिजनहरु गोल्ड, ग्रीन, ब्लू एण्ड पिंक कलरमा उपलब्ध हुनेछन् ।

Sajilo Visa

प्रकाशित: ३ श्रावण २०७२, आईतवार

तपाइको प्रतिक्रिया