Technology Khabar १ श्रावण २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १ साउन । हिमालयन बैंक लिमिटेडले विभिन्न वर्ग तथा उमेर समूहका नारीहरुलाई लक्षित गरी एच.बि.एल. नारी बचत खाताको शुरुवात गरेको छ ।
यस प्रकारको बचत खाता खोल्ने सम्पूर्ण खातावालाहरुलाई बैंकले आकर्षक ब्याजका साथै आफ्नो बिभिन्न सेवा शुल्कमा आकर्षक छुट प्रदान गरेको जानकारी दिएको छ । साथै यस नारी बचत खातावाला ग्राहकहरुलाई सेल्वेज सुपरमार्केटबाट निःशुल्क प्रिभिलेज कार्डका साथै यसका सम्पूर्ण शाखाहरुवाट खरिदमा विशेष छुट समेत प्राप्त हुने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकको सम्पूर्ण शाखाहरुबाट यो खाता खोल्न सक्ने सुविधा उपलब्ध रहेको छ ।
प्रकाशित: १ श्रावण २०७२, शुक्रबार