Technology Khabar ३१ असार २०७२, बिहीबार
काठमाडौं ।
के तपाइईँको स्मार्टफोनमा भएको एप्सले काम गरिरहेको छैन् ? वा बेला बेलामा एपका कारण स्मार्टफोन ह्यांग हुन्छ ?
यदि तपाईँको फोनमा कुनै एपले काम नगरेको म्यासेज धेरैजसो आउँछ वा एप्स चलाउँदा चलाउँदै आफैं बन्द हुन्छ भने तपाईँको स्मार्टफोनमा भएको एप्स क्रयाश भएको हुनसक्दछ ।
यस्तो समयमा कुनैपनि ब्राण्डका स्मार्टफोनले काम गर्न बन्द गर्दछ र ह्यांग हुने समस्या देखिन्छ । यस्तो समस्या कहिले काँहि देखिएमा केहि फरक पर्दैन तर पटक पटक यो समस्या आईरहेको छ भने तपाईँले यसको समाधान खोज्नै पर्ने हुन्छ ।
एपले गर्दा पटक पटक स्मार्टफोनले काम गर्न बन्द गरेको बेला एप्सलाई बन्द गरेर फेरी शुरु गरेर मात्र समस्याको समाधान हुँदैन् । यस्तो बेला फोनलाई फेरी स्मार्ट बनाउन केहि काम गर्नुपर्ने हुन्छ ।
सबैभन्दा पहिले एपको क्याचेलाई क्लियर गर्नुपर्ने हुन्छ । यसको लागि सेटिंग मेन्यूमा गएर एप्लिकेशन म्यानेजरलाई छनौट गर्नुहोस् । त्यसपछि अल ट्याब छान्नुहोस र जुन एपमा समस्या आएको छ त्यो एपमा क्लिक गर्नुहोस् ।
यसपछि पटक पटक फोर्स स्टप, क्लियर क्याचे तथा क्लियर डाटा सेलेक्ट गर्नुहोस् । यसमा क्लिक गर्नाले एपमा स्टोर भएको डाटाहरु भने पुरै हराउँछ । उदाहरणको लागि यदि तपाईँले कुनै गेमिंग एपमा स्कोर गर्नुभएको छ भने त्यो सबै स्कोर हराउनसक्दछ ।
क्याचे क्लियर गर्नुहोस् । यसपछि तपाईँको स्मार्टफोनलाई रिस्टार्ट गर्नुहोस् । तपाईँको एप्स क्रयाश हुने समस्या समाधान हुनुपर्नेछ ।
तपाईँको स्मार्टफोनमा भएका एक भन्दा अधिक एप्समा पनि यस्तै समस्या भएमा सबैको लागी पटक पटक माथि उल्लेखित तरिकाले एपको समस्या समाधान गर्न सक्नुहुनेछ ।
तर यो तरिकाले एपको समस्या समाधान गर्दा त्यसमा भएका सबै पुराना बिवरण तथा तथ्यांकहरु डिलिट हुनेछन् । सबै बिवरण डिलिट भएको एप नयाँ इन्टल गरेको एप जस्तै काम गर्न शुरु गर्नेछ ।
आफ्नो स्मार्टफोनमा क्याचे मेमोरीलाई नियमितरुपमा उल्लेखित प्रकृयाअनुसार नै क्लियर गर्नु निकै आवश्यक छ । यसका साथै एपको अपडेटेड भर्सन पनि फोनमा इन्टल गरिराख्नुपर्दछ, जसले एप क्र्याश हुने समस्यालाई कम गर्दछ । बिबिसी डटकमबाट
प्रकाशित: ३१ असार २०७२, बिहीबार