इन्टेक्सको पहिलो स्मार्टवाच ‘आईरिष्ट’, थ्रीजी फोनकल गर्न र एसएमएस हेर्न सकिने

Technology Khabar ३० असार २०७२, बुधबार

इन्टेक्सको पहिलो स्मार्टवाच ‘आईरिष्ट’, थ्रीजी फोनकल गर्न र एसएमएस हेर्न सकिने

काठमाडौं ।

काठमाडौं, ३० असार । भारतीय मोबाइल फोन निर्माता कम्पनी इन्टेक्स टेक्नोलोजीले एन्ड्रोयडमामा आधारित स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक स्मार्टवाच बजारमा सार्वजनिक गरेको हो । इन्टेक्सले पहिलो पटक आईरिष्ट (iRist) नाममा स्मार्टवाच बजारमा ल्याएको घोषणा गरेको हो ।

इन्टेक्सको स्मार्टवाचमा थ्रीजी सिम कार्ड स्लट पनि रहेको छ । कम्पनीका अनुसार यसभन्दा अघि कुनैपनि भारतीय कम्पनीले एन्ड्रोयडमा आधारित स्मार्टवाच बजारमा ल्याएको छैन् । इन्टेक्सको स्मार्टवाच अगस्टदेखि बजारमा उपलब्ध हुनेछ ।iRist_Black

कम्पनीले स्मार्टवाचका साथै प्रविधिमा आधारित उपकरणहरुको बजार तयार गर्न चाहेको बताईएको छ ।

इन्टेक्स टेक्नोलोजीका निर्देशक केशव बंसलले भने, ‘हामी आफ्ना ग्राहकहरुका लागि उत्पादनको एक छुट्टै वर्ग पेश गरिरहेका छौं । हाम्रो लक्ष्य भनेको देशमा कम्पनीको ब्राण्डमा आधुनिक औद्योगिक लाने छ जसले गर्दा ठूलो मात्रामा मानिसहरुले विशेषतायूक्त उत्पादनसँग परिचित हुन् ।’

चीनको संघाईमा आयोजित वल्र्ड मोबाइल कंग्रेसमा बोल्दै बंसलले यो स्मार्टवाच कै जस्तो स्वतन्त्ररुपमा काम गर्न सक्षम छ किनकी यसमा सिम कार्डको लागि स्लट राखिएको छ, जसले गर्दा प्रयोगकर्ताले फोन कल गर्न सक्दछ । साथै यो स्मार्टफोनमा इन्टरनेट पनि चलाउन सकिन्छ ।intex-irist-1

यो स्मार्टफोनमा फोन कल गर्न र एसएमएस हेर्न सकिन्छ ।

एन्ड्रोयडको किटक्याट ४.४.२ अपरेटिंग सिष्टममा आधारित आईरिष्ट स्मार्टवाचमा गूगल प्ले स्टोर पनि हेर्न सकिन्छ । यो स्मार्टवाचमा ५ मेगापिक्सेलको क्यामरा दायाँ भागमा राखिएको छ भने दुईवटा बटन पनि सोहि भागमा रहेको छ ।

यो स्मार्टवाच धूलोरहित तथा पानीबाट सुरक्षित अर्थात वाटर रेसिस्ट्यान्ट रहेको छ, जुन पेडोमिटरको साथमा आउँछ । इन्टेक्सको स्मार्टवाचमा १.५६ इन्चको ओएलईडी डिस्प्ले रहेको छ जसलाई सापिरे ग्लासद्धारा सुरक्षित पारिएको छ ।intex-watch

यसमा १.२ गीगाहर्जको ड्यूल कोर मिडिया टेक एमटी ६५७२ प्रोसेसर रहेको छ । त्यस्तै यसमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक मेमोरी रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

वाईफाई पनि सपोर्ट गर्ने यो स्मार्टफोनमा ६०० एमएएचको ब्याट्री राखिएको छ जसले २ सय ४० मिनेटको टक टाइम तथा २ सय घण्टाको स्ट्याण्डबाई समय दिन्छ ।
कम्पनीले यो स्मार्टवाच यूजर्सका लागि धेरै विषयमा निकै विशेष रहेको दाबी गरेको छ ।intex-irist1-700

इन्टेक्सले पहिलो स्मार्टवाचका लागि “तपाईँलाई हरेक स्थानमा स्मार्टफोन लाने आवश्यकता छैन किनकी यो घडिद्धारा तपाईँले सबै गर्नसक्नुहुनेछ ।” नारा तय गरेको छ ।

यो घडि कालो, सून्तला तथा गूलावी रंगमा उपलब्ध हुन्छ । यो स्मार्टवाच अगस्टदेखि उपलब्ध हुनेछ, जुन ईबे डट इनमा मात्र उपलब्ध हुनेछ । यसको बक्समा ब्लूटूथ स्टेरियो हेडसेटसहि खरिद गर्न सकिनेछ ।

इन्टेक्सले यो स्मार्टवाचको मूल्य ११,९९९ भारु तय गरेको छ ।

Sajilo Visa

प्रकाशित: ३० असार २०७२, बुधबार

तपाइको प्रतिक्रिया