स्पाइसको दुईवटा ट्याबलेट ‘एमअाइ-७१०’ तथा ‘एमअाइ-७३०’

Technology Khabar ३० असार २०७२, बुधबार

स्पाइसको दुईवटा ट्याबलेट ‘एमअाइ-७१०’ तथा ‘एमअाइ-७३०’
तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, ३० असार । भारतीय स्मार्टफोन निर्माता कम्पनी स्पाइसले नयाँ दुईवटा ट्याबलेट सार्वजनिक गरेको छ । स्पाइसले एमआइ ७१० तथा एमआई ७३० नामक दुईवटा ट्याबलेट सार्वजनिक गरेको हो ।

कम्पनीका यी दुई ट्याबलेट अनलाइनमा मात्र सार्वजनिक भएका छन् । हालसम्म कम्पनीले यी ट्याबलेटका बारेमा कुनै आधिकारीक घोषणा गरेको छैन् ।

अनलाइनमा भएको लिष्टिंगअनुसार स्पाइसका दुबै ट्याबलेटमा ७ इन्चको स्क्रीन राखिएको छ, जसले ६००X१०२४ पिक्सेलको रिजोल्यूशन राखिएको छ । स्पाइसका दुबै नयाँ ट्याबलेटमा ५१२ एमबीको र्याम राखिएको छ भने ४ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

Spice-Mi-710
तस्विरः गूगल

यी ट्याबमा माइक्रोएसडी कार्डद्धारा ३२ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा संचालन हुने यी ट्याबमा २८०० एमएएचको ब्याट्री राखिएको छ ।

स्पाइसको यी दुबै ट्याबलेटमा २ मेगापिक्सेलको रियर क्यामरा छ भने १.३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । स्पाइसका दुबै ट्याबलेटमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । दुबै ट्याबमा दुई सिम सपोर्ट गर्दछ, जुन दुबै सिम थ्रीजी सपोर्ट गर्नेछ ।

स्पाइसको ट्याबलेटमा कनेक्टिभिटीका लागि यूएसबी, ओटिजी, वाईफाई जीपीएस, ब्लूटूथलगायतका फीचर्स रहेको छ ।

स्पाइसको एमआई ७१० ट्याबलेटको मूल्य भारु ३,९९९ तथा एमआई ७३० ट्याबलेटको मूल्य भारु ४९९९ रुपैंया तोकिएको छ ।

easy care

प्रकाशित: ३० असार २०७२, बुधबार