सामसुंगको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी ए ८ सार्वजनिक

Technology Khabar ३० असार २०७२, बुधबार

सामसुंगको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी ए ८ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ३० असार । सामसुंग कम्पनीले आफ्नो नयाँ ग्यालेक्सी ए ८ (Galaxy A8) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा यो स्मार्टफोन सार्वजनिक गरेको हो । सामसुंगको चीनियाँ वेवसाइटमा यो स्मार्टफोन सूचिकृत भएको छ ।

कम्पनीले यो स्मार्टफोनलाई सामसुंगको अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोनको रुपमा दाबी गरेको छ । यो स्मार्टफोन ५.९ मिलिमीटर मोटाईको रहेको छ ।Galaxy A8_1

सामसुंगको ग्यालेक्सी ए ८ स्मार्टफोनमा क्वाल कम प्रोसेसर रहेको छ भने १६ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ ।

मेटल फ्रेम रहेको यो स्मार्टफोन ग्यालेक्सी एस सिक्समा रहेको जस्तै कभ्र्ड रहेको छ तर यसको ब्याक कभर भने आल्मूनियमको रहेको छ, जुन ए सिरिजको विशिष्ट हो ।

यो स्मार्टफोनमा ५.७ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले रहेको छ । यसमा मिडरेन्जको क्वालकम स्न्यापड्रयागन ६१५ चीपसेट रहेको छ, जसमा १.० गीगाहर्जको कोर्टेक्स ए ५३ तथा १.५ गीगाहर्जको कोर्टेक्स ए ५३ रहेको छ । samsung_galaxy_a8_1

२ जीबी र्याम राखिएको यो स्मार्टफोन १६ जीबी र ३२ जीबीको आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध हुनेछ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा एउटा सिम स्लट भने माइक्रो एसडी कार्डसँग विकल्पमा मात्र उपलब्ध हुनेछ ।

ग्यालेक्सी ए ८ मा कनेक्टिभिटीका लागि फोरजी एलटिई, ड्यूल ब्याण्डको वाईफाई, ब्लूटूथ ४.१, जीपीएस तथा एनएफसी राखिएको छ ।

यो स्मार्टफोनमा एलईडी फ्ल्याशसहित १६ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।  Galaxy A8-4

यो स्मार्टफोन फिंगरप्रिन्ट सेन्सरका साथमा सार्वजनिक भएको छ । त्यस्तै यसमा ३,०५० एमएएचको ब्याट्री राखिएको छ, जसले ३०४ घण्टाको स्ट्याण्डबाई टाईम दिन्छ ।

ग्यालेक्सी ए ८ स्मार्टफोनको बजार मूल्य हालसम्म खुलासा नभएपनि बजारमा यो स्मार्टफोन सेतो, कालो र सुनौलो रंगहरुको विकल्पमा उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: ३० असार २०७२, बुधबार

ताजा समाचार