कहिले नटुट्ने तथा नफुट्ने स्मार्टफोन आउँदै, ६५० डलरमा टूरिंग फोन

Technology Khabar ३० असार २०७२, बुधबार

कहिले नटुट्ने तथा नफुट्ने स्मार्टफोन आउँदै, ६५० डलरमा टूरिंग फोन
तस्विरः टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज

काठमाडौं ।

काठमाडौं, ३० असार । हरेक मोबाइल प्रयोगकर्ताले आफ्नो फोन नफुटोस, नटुटोस र लामो समयसम्म टिक्ने खालको होस भन्ने चाहन्छ । त्यस्तै मोबाइललगायतका इलेक्ट्रोनिक्स सामाग्रीको सबैभन्दा ठूलो शत्रु भनेको पानी हो । पानीबाट आफ्नो ग्याजेट्सको सुरक्षा गर्नु निकै मुश्किल काम हो ।

हरेक प्रकारले टिकाउ खालको मोबाइल हाल बजारमा उपलब्ध छैनन् । हाल बजारमा भएका अधिकांश मोबाइलहरु केहि मात्र पानीमा सिमित मात्रामा परेमा नबिग्रने वा हातबाट भूँईमा झरेपनि सामान्य किसिमले बिग्रने खालका छन् । तर यी सबैको पूर्ण ग्यारेण्टी भने कम्पनीले पनि लिनसक्दैन् । यहि विषयलाई ध्यानमा राखेर नटुटने तथा नफुटने खालको स्मार्टफोन निर्माण गरिएको छ ।

आगामी केहि दिनमा नै नटुट्ने तथा कसैले ह्याक गर्न नसक्ने खालको स्मार्टफोन बजारमा आउने भएको छ । यो स्मार्टफोन पानीमा डुबेमा पनि केहि फरक नपर्ने किसिमले बनाईएको छ ।

TuringPhoneFront
तस्विरः टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज

टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज( Touring Robotic Industries) ले बनाएको टूरिंग फोन यस्तो फोन हो  जुन स्मार्टफोन नटुट्ने तथा ह्याक नहुने गरि बनाईएको वायर्ड डटकमले उल्लेख गरेको छ । यो फोन पानीमा परेपनि त्यहाँबाट झिकेर सुकाएपछि पुन मज्जाले प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन लिक्विडमोरफियम (Liquidmorphium) द्धारा बनाईएको छ, जुन स्टील तथा एल्यूमिनियम भन्दा पनि दह्रो हुन्छ । हाल एप्पलले पनि आईफोनमा लिक्विडमोरफियमको प्रयोग गर्ने गरेको छ, तर यो सिम कार्ड राख्ने स्थानमा मात्र प्रयोग भईरहेको छ ।

टूरिंग स्मार्टफोनमा ५.५ इन्चको स्क्रिन रहेको छ भने यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ । यो स्मार्टफोन सार्पली कभ्र्ड रहेको छ भने मल्टि कलर्ड शेल रहेको छ । यो स्मार्टफोन तीन मोडलमा उपलब्ध रहेको छ, फारोह, कार्डिनल तथा बिओल्फ । यी हरेक मोडल आफैंमा फरक कलर र बनावटका रहेका छन् ।

टूरिंगको स्मार्टफोनमा स्न्यापड्रयागनको प्रोसेसर रहेको छ भने १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । टूरिंगको नयाँ फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएका छन् ।

तस्विरः टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज
तस्विरः टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज

यो फोनमा यूएसबी पोर्ट राखिएको छैन भने हेडफोनको ज्याक पनि हटाईएको छ । यो फोनबाट अर्को फोनमा कनेक्ट गर्नका लागि केबल ब्लूटूथको प्रयोग गर्नुपर्ने हुन्छ ।

यसमा भएको सफ्टवेयर पूर्णरुपमा अनूकुलित बनाईएको छ । यो फोनका डिजाइनर तथा आर्किटेक्ट स्टीभ चाओ, (जो टूरिंग रोबोटिक इन्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत पनि हुन), ले यो फोन ‘माष्टरपीस’ भएको बताए ।

यो स्मार्टफोनमा सुरक्षाको बारेमा भने निकै ध्यानपूर्वक बनाईएको छ । यसमा हरेक एपलाई इनक्रिप्टेड गरिएका छन् । भने सुरक्षाको लागि फिंगरप्वाइन्ट अर्थात औंलाको निशाना प्रयोग गर्नुपर्नेछ । प्रयोगकर्ताका लागि औंलाको चिन्ह नै पासवर्डका रुपमा प्रयोग हुनेछ ।

तस्विरः टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज
तस्विरः टूरिंग रोबोटिक इन्ड्रष्ट्रिज

यो स्मार्टफोनका हरेक आन्तरिक सामाग्रीलाई नानो कोटिंग गरिएको छ, जसले पानीमा परेपनि फोनको सुरक्षा गर्दछ । पानी भित्र पसेपनि टूरिंग स्मार्टफोनलाई बाहिर झिकेर पानी पुछ्ने र सुकाएपछि आरामले प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोनको ब्याट्रीको काम भने हाल पनि भईरहेको छ, कम्पनीका सीईओ चाओले यो स्मार्टफोनको ब्याट्रीले संसार परिवर्तन गरिदिने बताए ।

टूरिंग स्मार्टफोन यहि जूलाई ३१ तारिखदेखि विश्व बजारमा प्रि अर्डरका लागि उपलब्ध हुनेछ । १६ जीबीको यो स्मार्टफोनको मूल्य ६ सय १० अमेरिकी डलर तोकिएको छ ।

हाल यो अनलक स्मार्टफोन मात्र उपलब्ध भएपनि टेलिफोन सेवा प्रदायकहरुसँग पनि बण्डलिंकको कुराकानी भईरहेको कम्पनीले बताएको छ ।

easy care

प्रकाशित: ३० असार २०७२, बुधबार