Technology Khabar २९ असार २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २९ असार । माइक्रोसफ्टले यहि २९ जूलाईमा विश्वभर विण्डोज अपरेटिंग सिष्टमको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले विण्डोज १० (Windows 10) विश्वभर सार्वजनिक गर्न लागेको छ । यो अपरेटिंग सिष्टम सार्वजनिक गर्न विभिन्न १३ देशहरुमा एक साथ विशेष कार्यक्रम गर्ने बताईएको छ ।
माइक्रोसफ्टले आफ्नो ब्लगपोष्टमा विश्वभरका १३ मुलुकमा जुलाई २९ तारिखमा नयाँ विण्डोज सार्वजनिक गर्ने जानकारी दिएकोछ । माइक्रोसफ्टले न्यूयोर्क, सिड्नी, लण्डन, टोक्यो, सिंगापुर, बेजिंग, दुबई, नयाँ दिल्ली, जोहनासबर्ग, म्याड्रिड, नौरोबी, बर्लिन, साओ पाओलो शहरमा विशेष कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ ।
माइक्रोसफ्टका सिईओ सत्य नडेलाले विण्डोज १० प्रयोगपछि कम्प्यूटर प्रयोग गर्ने प्रविधिमा क्रान्तिकारी परिवर्तन आउने बताए ।
विण्डोज १० सार्वजनिकका लागि विश्वभर विज्ञापन अभियान शुरु गरिनेछ ।
नडेलाले सन् २०१४ फरवरीमा माइक्रोसफ्टको मूख्य कार्यकारी बनेपछि विण्डोज १० पहिलो सबैभन्दा ठूलो लन्चिंग हुनेछ ।
जूलाई २९ तारिखमा सार्वजनिक हुने यो अपरेटिंग सिष्टमले प्रयोगकर्ताहरुलाई बिना कुनै बाधा पर्सनल कम्प्यूटर, ट्याबलेटस्, स्मार्टफोन तथा अन्य ग्याजेट्स स्विचगर्न मद्धत गर्नेछ ।
यो ओएस पहिलो पटक सिमित समयका लागि निशुल्क अपग्रेडको सुविधा उपलब्ध हुने माइक्रोसफ्टले जानकारी दिएको छ ।
प्रकाशित: २९ असार २०७२, मंगलवार