Technology Khabar २९ असार २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौँ, २९ असार । माइक्रोम्याक्सले नयाँ मोबाइल फोन (Micromax Bolt D303) नेपाली बजारमा उपलब्ध गराएको छ ।
माइक्रोम्याक्स बोल्ट डि ३०३ मा १.३ गीगाहर्जको ड्यूल कोर प्रोसेसर रहेको छ । यो स्मार्टफोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको इन्टर्नल मेमोरी रहेको छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
माइक्रोम्याक्सको बोल्ट डि ३०३ एन्ड्रोयड किटक्याट ४.४ मा आधारित रहेको छ । यो स्मार्टफोनमा ४ इन्चको डब्लूभिजीए टच स्क्रिन रहेको छ जसमा कुनैपनि बेला, कुनै पनि ठाउँमा निक्कै क्लियर फोटो र भिडियोहरु हेर्न सकिने कम्पनीको दाबी छ ।
माइक्रोम्याक्स बोल्ट डि ३०३ मा १,३०० एमएएचको लि अन ब्याट्री लाइफ छ जसले धेरै टकटाइम दिन्छ । नयाँ माइक्रोम्याक्स बोल्टको रियर क्यामरा ३.२ मेगापिक्सेलको छ भने फ्रन्ट क्यामरा ०.३ मेगापिक्सेलको रहेको छ ।
दोहोरो सिम सपोर्ट गर्ने यो स्मार्टफोन नेपाली बजारमा रु ६१५२/- मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: २९ असार २०७२, मंगलवार