लाभाको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन आइरिस एक्स ५ आउँदै

Technology Khabar २९ असार २०७२, मंगलवार

लाभाको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन आइरिस एक्स ५ आउँदै

काठमाडौं ।

काठमाडौं, २९ असार । गूगलको छिट्टै आउन लागेको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन लाभा आइरिस एक्स ५ फोरजी (Lava Iris X5 4G) हालै जीएफएक्स बेन्चमार्क डाटाबेशमा देखिएको छ । करिब एक साता अघि लाभाले गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन बनाउने समाचार आएको थियो ।

जीएफएक्स बेन्चमार्क डाटाबेशमा राखिएको जानकारी अनुसार यो स्मार्टफोनमा मिडिया टेक एमटी ६७३५ चीपसेटका साथमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने माली टी७२० जीपीयू रहेको छ । आइरिस एक्स ५ फोरजी स्मार्टफोनमा ४.६ इन्चको डिस्प्ले रहेको छ जसको रिजोल्यूशन १२८०X७२० रहेको छ ।

यो स्मार्टफोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यो फोनमा १२ मेगापिक्सेलको रियर क्यामराका साथै ७ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।
आइरिस एक्स फाइभ फोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।

यो स्मार्टफोनमा रहेको चीपसेट, र्याम डिस्प्लेका बारेमा यसअघि नै समाचार आईसकेका छन् । तर यो पटक यो स्मार्टफोन एन्ड्रोयड वानको दोस्रो पुस्ताको फोन भएको अनुमान गरिएको छ । यो स्मार्टफोनको बारेमा औपचारिक घोषणा छिट्टै हुनेछ ।

easy care

प्रकाशित: २९ असार २०७२, मंगलवार

ताजा समाचार