कृषि मन्त्रालय सर्वाधिक भ्रष्टः कृषि तथा जलस्रोत संसदीय समिति सभापति

Technology Khabar २८ असार २०७२, सोमबार

कृषि मन्त्रालय सर्वाधिक भ्रष्टः कृषि तथा जलस्रोत संसदीय समिति सभापति

काठमाडौं ।

काठमाडौं, २७ असार । संसदका कृषि तथा जलस्रोत संसदीय समितिका सभापति गगन थापाले भ्रष्टाचार र अधिकारको दूरुपयोगले गर्दा कृषि कार्यक्रमहरुले लक्षित उपलव्धि हासिल गर्न नसकेको बताएका छन् ।

आसन्न बजेटमा नीति तथा कार्यक्रममा कृषिको भूमिका बारे नेपाल कृषि पत्रकार प्रतिष्ठान र खाद्यका लागि कृषि अभियानले काठमाडौंमा आयोजित कार्यक्रममा कृषि तथा जलस्रोत संसदीय समितिका सभापति थापाले सैद्धान्तिक र व्यवहारिक आधारविना कार्यक्रमहरु बनाउने हुँदा पनि उपलव्धि हासिल गर्न समस्या आएको बताए । गत वर्ष लक्षित कृषि कार्यक्रममा व्याज अनुदान लिन एक अर्ब बजेट ल्याइएको थियो । तर जम्मा एक लाख १७ हजार मात्र खर्च भएछ । उनले प्रश्न गरे, यो वर्ष २ अर्ब नै बजेट आएपनि के गर्ने?

पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले गरिब किसानकै लागि विदेशीसँग पैसा मागिने तर तिनै किसानले अवसर नपाउने गरेको बताए । भूकम्पपीडित भूमिहीन किसानले १५ हजार राहत पाउन पनि धनीपूर्जा पेश गर्नुपर्ने प्रावधान लागु गरिएछ । यस्तो अन्याय पनि गर्न पाइन्छ । ‘म अर्थमन्त्रीसमक्ष कुरा उठाउँछ’ । उनले भने, ‘भोट लिन भूमिहीन चाहिने, राज्यको सुविधा दिन भूमिहीन वेवास्ता गर्ने ?’

किसानलक्षित ऋण,अनुदान कार्यक्रमहरु ग्रामीण तहमा कार्यरत बैंक, सहकारी तथा सामाजिक संस्थाहरुमार्फत् नलगेसम्म सफल हुन नसक्ने उनको विश्लेषण थियो ।

पूर्व अर्थमन्त्री एवं एनेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले विचौलियाको चलखेलले अनुदान तथा सहुलियत कार्यक्रमहरुले आशातित नतिजा नपाएको बताएका छन् ।

‘म अर्थमन्त्री हुँदा पनि भोगे, अहिले पनि महसुस  गरिरहेको छ’ । अनुदान पाउन कहिले खेती नगर्ने किसान पनि किसान भएर गइदिन्छ, अनि कसरी काम गर्ने? उनले कुल खेतीयोग्य जमीनमध्ये ४८ प्रतिशत बाँझो रहेको बताउँदै उनले भने तर खेती गर्ने खास किसानसँग आफ्नो जमीन छैन ।

easy care

प्रकाशित: २८ असार २०७२, सोमबार