माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ नेपाली बजारमा

Technology Khabar २८ असार २०७२, सोमबार

माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ नेपाली बजारमा

काठमाडौं ।

काठमाडौँ, २८ असार । माइक्रोम्याक्स मोबाइल कम्पनीले नयाँ मोबाइल फोन माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ (Micromax Canvas Play Q355) नेपाली बजारमा उपलब्ध गराएको छ ।

माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५  मा १.३ गीगाहर्जको क्वाड कोर प्रोससर राखिएको छ । यसमा १ जीबीको र्याम छ भने ८ जीबीको इन्टर्नल मेमोरी छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

माइक्रोम्याक्सको नयाँ स्मार्टफोनमा ५.५ इन्चको एफडब्लूजीजीए स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन ४८०X८५४ पिक्सेल रहेको छ । माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५  मा ५ मेगापिक्सेलको रियर क्यामरा छ जसले २५९२X१९४४ पिक्सेल सम्मका फोटोहरु खिच्न सकिन्छ । यसका साथै यस फोनमा ०.३ मेगापिक्सेल फ्रन्ट क्यामरा रहेको छ ।

एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित यो स्मार्टफोन नेपाली बजामा रु १३,६४२र( मा खरिद गर्न सकिन्छ । माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ स्मार्टफोनमा दुई सिम सपोर्ट गर्दछ ।

यस माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५मा २८२० एमएएच ब्याट्री छ जसले भण्डै १० घण्टाको टकटाइम दिने कम्पनीको भनाई छ ।

Sajilo Visa

प्रकाशित: २८ असार २०७२, सोमबार

तपाइको प्रतिक्रिया