विश्वकै सबैभन्दा सानो चीप्स आईबीएमले बनायो, ७ नानोमिटर चीप्सको परिक्षण

Technology Khabar २७ असार २०७२, आईतवार

विश्वकै सबैभन्दा सानो चीप्स आईबीएमले बनायो, ७ नानोमिटर चीप्सको परिक्षण

काठमाडौं ।

काठमाडौं, २७ असार । इन्टरनेशनल विजनेश मशिन्स कर्पोरेशन (आईबीएम)ले अहिले बजारमा भएका भन्दा निकै सानो कम्प्यूटर चीप (Computer Chip) उत्पादन गरेको छ । आईबीएमले अहिले बजारमा भएका भन्दा निकै सानो र उच्च क्षमताको चीप विकास गरेको बताएको ब्लूमबर्ग डटकमले उल्लेख गरेको छ ।

दि सेभेन नानोमिटर टेष्ट चीप जुन ट्रान्सिष्टर्ससँग काम गर्दछ यो उद्योगको सबैभन्दा सानो चीप भएको कम्पनीले जारी गरेको स्टेटमेन्टमा उल्लेख छ । हालको माइक्रोप्रोसेसर्स जसले सर्भरहरुलाई शक्ति उत्पन्न गर्दछ, जुन १४ वा २२ नानोमिटर उत्पादनबाट बन्दछ ।ibm-7nm

उत्पादन गरिएको चीप्स हाल भएका शक्तिशाली चीप्सभन्दा ४ गुणा अधिक क्षमतायुक्त रहेको छ ।

आईबीएमले आफ्नै चीप्स उत्पादन गर्दैन् । कम्पनीले विगतमा सेमिकण्डक्टर निर्माणमा प्राविधिक नेतृत्व लिएको प्राथमिकतापूर्ण दाबी गरेको छ । तथापी ती कार्यहरुले सकारात्मक व्यवसाय परिणाम उत्पन्न गर्न सकेनन् । कम्पनीको आफ्नो उत्पादन कार्यसन्चालनलाई लिने ग्लोबलफाउड्रीज इन्कलाई भूक्तानी गर्न आईबीएमको चीप यूनिटले दबाबपूर्णरुपमा रकम गुमायो ।chip_2

कम्पनीले ग्लोबलफाउण्ड्रीज इन्क, सामसुंग इलेक्ट्रोनिक्स कम्पनी तथा सनी पोलिटेक्निक इन्स्टीच्यूटमा भएको उपकरण आपूर्तिकतासँग चीप निर्माणको काम गरिरहेको थियो । आईबीएमका प्रवक्ता जेम्स स्काल्सले प्रविधिको लागत कति लाग्यो भन्ने प्रतिकृया गर्न अस्वीकार गरे, जुन परिक्षण गरिएको चीप्स हाल व्यवसायीक उत्पादनको लागि तयार छैन् । कम्पनीले पनि कन्सोर्टियमको वित्तीय विवरणमा छलफल गर्न अस्वीकार गर्यो ।

आईबीएमले ती चीप्सहरु कहिले उत्पादन हुनेछन् भने भन्न चाहेन् । कम्पनीले ७ नानोमिटरको चीपसेट भविश्यमा आईबीएम प्रणालीको लागि रोडम्याप हुने मात्र बताएको छ । तस्वीर स्रोतः अाइबीएम

easy care

प्रकाशित: २७ असार २०७२, आईतवार