हुवावेको पी ८ नेपालमा सार्वजनिक, अन्य ३ ग्याजेट्स पनि भित्रिए

Technology Khabar २७ असार २०७२, आईतवार

हुवावेको पी ८ नेपालमा सार्वजनिक, अन्य ३ ग्याजेट्स पनि भित्रिए

काठमाडौं ।

काठमाडौं, २७ असार चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिले हालै विश्व बजारमा सार्वजनिक गरेको हुवावे पी ८ (Huawei P8) स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । हुवावेको उक्त मोबाइल गत शुक्रबार एक कार्यक्रमका बिच नेपाली बजारमा उपलब्ध भएको घोषणा कम्पनीले गरेको छ ।

यो स्मार्टफोन विश्व बजारमा सार्वजनिक भएको केहि महिनाभित्र नै नेपाली बजारमा उपलब्ध भएको छ । कम्पनीको नयाँ स्मार्टफोन पी ८ यहि अप्रिल महिनामा थाइल्याण्डमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।MobilesKhabar_2

हुवावेको पी ८ स्मार्टफोन हुवावेको पी श्रृंखलाको उपज हो । यो स्मार्टफोनमा कम्पनीले पछिल्ला आधुनिक प्रविधिलाई समेटेको छ ।

पी सिरिजलाई फेशन फोनको रुपमा ल्याउन थालेको कम्पनीले केहि समय अघि ल्याएको पी सिक्समा मेटल फ्रेमको रुपमा प्रस्तुत गरेको थियो भने कम्पनीको फ्ल्यागशिप फोनको रुपमा पी सेभेनले बजारमा राम्रो रेस्पोन्स हासिल गरेको छ ।

पी ८ को डिजाइन कडा कभर पृष्ठका पुस्तकहरु संग्रहित हुने पुस्तकालयहरुको पुस्तैनी परम्परागत शैलीबाट उत्प्रेरित रहेको कम्पनीको भनाई छ ।

हुवावेको पी ८ स्मार्टफोन  हिसिलिकन किरिन ९३०/९३५ (HiSilican Kirin 930/935) चीपसेट प्रयोग गरिएको छ भने २ गीगाहर्जको कोर्टेक्स ए ५३ क्वाड कोर तथा १.५ गीगाहर्जको कोर्टेक्स ए ५३ सीपीयू राखिएको छ ।

यो स्मार्टफोनमा दुईवटा एलईडी फ्ल्याशका साथमा १३ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा छ भने ८ मेगापिक्सेलको फ्रन्ट फेशिंग क्यामरा राखिएको छ । यसको रियर क्यामराले एचडी भिडियो खिच्न सक्ने बताईएको छ ।

यो स्मार्टफोनमा ५.२ इन्चको आईपीएस नियो एलसीडि क्यापासीटिभ टचस्क्रीन  रहेको छ जसमा १०८०X१९२० पिक्सेल रिजोल्यूशन रहेको छ ।

हुवावे पी ८ मा ३ जीबीको र्याम तथा १६ र ६४ जीबीको दुई अप्शनमा उपलब्ध रहेको छ । जसलाई माइक्रो एसडीको माध्यमबाट बढाएर १२८ जीबी पुर्याउन सकिन्छ । यो स्मार्टफोनको पछाडिको भागमा पनि कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ ।

दुईवटा नानो सिम लाग्ने हुवावेको पी ८ स्मार्टफोन नेपाली बजारमा ५९ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध हुने कम्पनीले जानकारी दिएकोछ । MobilesKhabar_4

हुवावे पि ८ का अलावा कम्पनीले नेपालमा आफ्नो विश्वव्यापी शृंखलाबाट ३ वटा ग्याजेटहरु पनि ल्याएको छ । कम्पनीले हुवावे पी लाइट तथा हुवावे मिडिया प्याड एक्स २ ट्याबलेटका साथै टक ब्याण्ड २ पनि सार्वजनिक गरेको छ ।

हुवावे पी ८ लाइट ह्युआई पी ८ परिवारको एक अर्को उत्पादन हो । यो हुवावेको प्रंशसनीय मोडल पी ८ को लाइट संस्करण हो ।

यो स्मार्टफोनमा २ जीबीको  र्याम तथा १६ जीकीको आन्तरिक मेमोरी रहेको छ । यसमा १.२ गीगाहर्जको किरिन गेगाहर्ज अक्टाकोर प्रोसेसर राखिएको छ ।

हुवावे पी ८ लाइटमा १३ मेगापिक्सेलको रियर क्यामराका साथै ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा २,२२० एमएएच ब्याट्री रहेको छ जसले एकपटकको चार्जले नै दिनभर चलाउन सक्दछन् । MobilesKhabar_3

हुवावे पी ८ लाइटको बजार मुल्य २८,९९९/- रुपैंया रहेको छ ।

हुवावेले ल्याएको नयाँ ट्याब मिडिया प्याड एक्स २ मा ७ इन्चको एफएचडि स्क्रीन रहेको छ ।

एक्स २ मा १२००X१९२० पिक्सल रिजोल्यूशन क्षमता भएको एलटिपिएस एचडी स्क्रिन जडित छ । फोर जी नेटवर्क सपोर्ट, दुई सिम प्रयोग गर्न सकिने, दोहोरो विकल्प, भ्वाइस कलहरुको सुविधा लगायतका विशेषताहरु यो ट्याबमा रहेको छ ।

एक्स २ मा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामरा छ ।

यसमा ६४ बिट अक्टाकोर प्रोसेसर छ भने ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । मिडिया प्याड एक्स २ खरीद गर्न चाहनेले ने.रु.४९,९९९/- खर्च गर्नु पर्नेछ ।

त्यस्तै कम्पनीले टक ब्याण्ड २ पनि नेपाली बजारमा भित्र्याएको छ ।MobilesKhabar_5

यसमा भएको फोन पत्ता लगाउने प्रविधिले फोन साथमा नभएको समयमा  फोनलाई घण्टीको संकेत बजाउन निर्देश दिन्छ । टक ब्याण्ड २ लाई फोनसंग मेल गरेमा यसले प्रयोगकर्ताको क्यामराको रिमोट कन्ट्रोलको काम गर्दछ ।

यसका साथै टक ब्याण्ड २ ले शारीरिक व्यायामको समेत अनुगमन गरी आवश्यक सुधार गर्न सुझाव चाहिएमा त्यो पनि प्रदान गर्दछ । यो टक ब्याण्ड २ को बजार मुल्य रु.१८,९९९/-कायम गरिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २७ असार २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार