सामसुंग नयाँ संस्करणको स्मार्टफोन ल्याउने तयारीमा, बिक्री सुधार गर्ने मुख्य उद्देश्य

Technology Khabar २५ असार २०७२, शुक्रबार

सामसुंग नयाँ संस्करणको स्मार्टफोन ल्याउने तयारीमा, बिक्री सुधार गर्ने मुख्य उद्देश्य
फोटो साभारः गूगल

काठमाडौं ।

काठमाडौं, २५ असार । सामसुंग इलेक्ट्रोनिक्स कम्पनीले आगामी दिनमा प्रमुख विशेष स्मार्टफोन मोडल (Key Smartphone Model) ल्याउने तयारीमा जुटेको छ ।

दक्षिण कोरियाली टेक जायन्टले दोस्रो चौमासीकको सुस्त बिक्रीपछि त्यसलाई सुधार गर्न नयाँ मोडल ल्याउन लागेको उक्त विषयसँग परिचित एक व्यक्तिले बताएका हुन् ।

विश्वको प्रमुख स्मार्टफोन निर्माता कम्पनीले ग्यालेक्सी नोट (Galaxy Note) फ्याबलेटको नयाँ संस्करण यहि अगस्तको मध्यमा सार्वजनिक गर्न लागेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । यो विषयको गंभिरतालाई लिएर उक्त व्यक्तिले आफ्नो परिचय दिन अस्विकार गरेको छ ।

यसअघिका संस्करणहरु नोट थ्री र नोट फोर परम्परागतरुपमा सेप्टेम्बर महिनामा लन्च हुने गर्दथे ।

तर सामसुंगकी प्रवक्ताले भने यस विषयमा प्रतिकृया दिन अस्विकार गरेकी रोयटर्सले उल्लेख गरेको छ ।

मध्य अगस्तमा हुने नयाँ नोट स्मार्टफोन मोडलको लन्चिंग सामसुंगको सबैभन्दा नजिकको प्रतिद्धन्दी कम्पनी एप्पल इंकको आउने आईफोनको अगाडि हुनेछ । अमेरिकी कम्पनी एप्पलले नयाँ फोनको लागि आफ्नो सबैभन्दा ठूलो प्रारम्भिक उत्पादन शुरु गरिसकेको छ, जुन यहि वर्षको अन्त्यसम्म अाउने वालस्ट्रिट जर्नलले गत साता नै जानकारी दिएको थियो ।

सामसुंग निराशाजनक सन् २०१४ को अवस्थालाई पुन फर्काउने प्रयासमा लागेको छ, जतिवेला स्मार्टफोनबाट आर्जन हुने कम्पनीको वार्षिक नाफा विगत ३ वर्षको सबैभन्दा कम थियो ।

जे भएता पनि सामसुंगको आर्जनमा सुधार हुँदैछ,  यसको दोस्रो चौमासीकमा ६.११ विलियन डलरको संचालन नाफा भएको छ । यसमा मुख्यगरी कर्भ्ड स्क्रीन भएको यसको फ्ल्यागशिप फोन ग्यालेक्सी एस सिक्सको महत्वपूर्ण योगदान छ ।

easy care

प्रकाशित: २५ असार २०७२, शुक्रबार