एलजीको नयाँ स्मार्टफोन जीफोर बीट सार्वजनिक

Technology Khabar २५ असार २०७२, शुक्रबार

एलजीको नयाँ स्मार्टफोन जीफोर बीट सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २५ असार । कोरियाली स्मार्टफोन निर्माता एलजीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एलजी जी फोर बीट (LG G4 Beat) लन्च गरेको छ ।

यो स्मार्टफोन जूलाई महिनाको अन्त्यसम्म यूरोप, साउथ अमेरिका, फ्रान्स, जर्मनी तथा ब्राजीलमा बिक्रीका लागि उपलब्ध हुनेछ । यसका साथै यो स्मार्टफोन भारत, रुस सिंगापुरलगायतका मुलुकहरुमा यहि महिनाको अन्त्यसम्म सार्वजनिक गरिने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य र कहिलेसम्म बजारमा आउँछ भन्ने कुनै जानकारी दिएको छैन् । एलजीको नयाँ स्मार्टफोन एलजी जीफोर बीट एन्ड्रोयडको ५.१ ललीपप अपरेटिंग सिष्टममा आधारित रहेको छ ।lg-beat_1

यो स्मार्टफोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेको छ, जसको पिक्सेल रिजोल्यूशन १०८०X१९२० रहेको छ ।

यसमा ६४ बिटको क्वालकम स्न्यापड्रयागन ६१५ प्रोसेसर छ साथै यो फोन १.५ गीगाहर्जको अक्टा कोर प्रोसेसरसहित उपलब्ध हुनेछ । यो स्मार्टफोनमा १.५ जीबीको र्याम छ भने एड्रेनो ४०५ जीपीयू राखिएको छ ।

एलजीको नयाँ स्मार्टफोनमा अटोफोकशसहित ८ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध रहेको छ ।

यसमा डाटा स्टोरेजको लागि ८ जीबीको आन्तरिक स्टोरेज मेमोरी छ भने यसलाई माइक्रो एसडीको सहयोगमा बढाउन सकिन्छ । यो स्मार्टफोनमा २,३०० एमएएच पावरको ब्याट्री राखिएको छ ।

Sajilo Visa

प्रकाशित: २५ असार २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार