दिगो बिकासका लागि सहकारी उययुक्त मोडलः सहकारीकर्मी

Technology Khabar २५ असार २०७२, शुक्रबार

दिगो बिकासका लागि सहकारी उययुक्त मोडलः सहकारीकर्मी
Classic Tech

काठमाडौं, असार २४ । दिगो बिकासका लागि सहकारी उपयुक्त मोेडल भएको बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

उपलब्धि बचत तथा ऋण सहकारी संस्था र एजीङ नेपालको संयुक्त आयोजनामा ‘दिगो विकासका लागि सहकारी लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीबाट मात्रै आर्थिक सशक्तीकरण हुन सक्ने जोड दिएका छन् । १५ वर्षसम्म शहस्राब्दी विकास लक्ष्य हाशिल हुन नसकेकाले दिगो आर्थिक विकासका लागि अब महत्वपूर्ण विकल्प सहकारी नै रहेको वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक केदार मानन्धरले सहकारीबाट नै देशको रुपान्तरण हुन सक्ने बताए । बढी पैसा हुने र पैसा नै नहुने दुवै वर्गलाई सहकारी प्रभावकारी भएकाले सहकारीले अझ रचनात्मक काम गर्न आवश्यक भएको बताए । आर्थिक आन्दोलन गर्न सहकारी नै उपयुक्त मोडल भएकाले अबको आर्थिक क्रान्ति सहकारीबाटै शुरु हुने उनको भनाई थियो ।

नेशनल कोअपरेटर्स एलाईन्सका कोषाध्यक्ष मोहन बस्नेतले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सहकारी प्रभावकारी भएको बताए । केही बचत तथा ऋण सहकारीमा देखिएको समस्याले सिंगो सहकारी बदनाम हुन पुगेको भन्दै सहकारीले आफ्नो छवी सुधार गर्न आवश्यक भएको बताए । सहकारीका विकृति हटाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सके सहकारीबाट नै दिगो आर्थिक विकास गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा चक्रमणी लुईटेलले परनिर्भरता घटाउन नसके आर्थिक विकास संभव नुहने बताए । गरिबी निवारण गरी आत्मनिर्भर हुनुका लागि सहकारीको अग्रणी भूमिका हुने उनको भनाई थियो ।

एजीङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले १५ वर्षसम्म सहर्शाब्दी लक्ष्य हाशिल हुन नसकेकोमा दुःखेसो पोखे । मल्टीनेशनल कम्पनी भन्दा सहकारीबाट दिगो आर्थिक विकास गर्न सकिने उनको भनाई थियो ।

प्रकाशित: २५ असार २०७२, शुक्रबार

Comments are closed.

Loading...