वर्षाको समयमा स्मार्टफोनको सुरक्षा गर्न ‘कण्डम कभर’

Technology Khabar २२ असार २०७२, मंगलवार

वर्षाको समयमा स्मार्टफोनको सुरक्षा गर्न ‘कण्डम कभर’

काठमाडौं ।

काठमाडौं, २३ असार । अहिलेको मौसम भनेको वर्षा अर्थात मनसुनको मौसम हो । यो मौसममा कुन बेला र कतिखेर कहाँ रहँदा पानी पर्दछ भन्ने कुनै जानकारी नहुनसक्दछ । वर्षाको मौसम आउने वित्तिकै हामीलाई घरबाट बाहिर निस्कने बित्तिकै आफ्नो स्मार्टफोन, क्यामरा, ल्यापटप, ट्याबलेट लगायतका ग्याजेट्स भिज्ने चिन्ता हुन्छ । वर्षामा झरिको पानीबाट ग्याजेट्सलाई जोगाउन हामी विभिन्न उपायहरुको खोजीमा हुन्छौं ।

वर्षामा ग्याजेट्स प्रयोगकर्ताले आफ्ना ग्याजेट्सको सुरक्षाको पुरा ध्यान दिनु आवश्यक छ । निकै ध्यान दिँदा पनि कहिले ग्याजेट्समा पानी पस्न सक्दछ भने अर्कोतर्फ हामीसँग वाटरप्रुफ ग्याजेट्स पनि हुनसक्दछ ।

तर अब वर्षामा कसरी आफ्नो ग्याजेट्सलाई जोगाउने भन्ने विषयमा हामी तपाईँलाई जानकारी दिनेछौं । यहाँ वर्षामा उपयोग हुने विभिन्न एसेसरिजको बारेमा जानकारी दिने प्रयास गर्नेछौं ।

आजकल हरेकसँग कुनै कुनै प्रकारको ग्याजेट्स हुने गर्दछ । यस्ता ग्याजेटलाई वर्षाको मौसममा पानीबाट जोगाउन वाटरप्रुफ कभर वा केस प्रयोग गर्नुपर्दछ । यसमध्ये केहि एसेसरीज यस्ता छन् ।

कण्डम कभरsmartphone-condom

बजारमा स्मार्टफोन तथा ट्याबलेटका लागि खास कण्डम कभर उपलब्ध रहेका छन् । यो पुरा किसिमले वाटरप्रुफ हुन्छ, जुन वर्षाको समयमा ग्याजेट्सलाई सुरक्षा प्रदान गर्दछ । यो एयरटाइट कभर हो, जुन ब्याक साईडमा ओपन हुन्छ । स्मार्टफोनमा यो कभर लगाएपछि पछाडिको भागलाई सील गरिन्छ । कण्डोम कभरले पानीका साथै फोहोर, धुलो तथा हिँउबाट पनि स्मार्टफोन तथा ट्याबलेटलाई बचाउँछ ।

यो कभर लगाईसकेपछि स्मार्टफोन केबल कुराकानी गर्नका लागि मात्र प्रयोग गर्न सकिन्छ । यो कभर प्रयोगपछि तपाईँले चाजिंग केबल, डाटा केबल, अडियो केबल जोड्न सकिँदैन् । यसका साथै कण्डम कभर लगाएपछि स्मार्टफोनको स्मार्टस्क्रीन प्रयोग गर्न पनि केहि कठिनाई हुनसक्दछ ।

तर यो कभरले पानी परेको बेलामा तपाईँको स्मार्टफोनको सुरक्षा भने पक्कै हुनेछ ।

ड्राईकेसwaterproof_accessories_2

यो कभरलाई कुनैपनि स्मार्टफोनका साथमा प्रयोग गर्न सकिन्छ । यो ट्रान्सप्यारेन्ट पोलिथिनका साथमा उपलब्ध हुन्छ । जसमा माइक तथा हेडफोन ज्याकका लागि छुटै प्वाइन्ट दिईएको हुन्छ । यो प्वाईन्ट पनि पुरै वाटरप्रुफ हुन्छ । यो वाटरप्रुफ कभरमा स्मार्टफोनलाई मज्जाले प्रयोग गर्न सकिन्छ भने यसलाई सजिलै बोक्न पनि सकिन्छ ।

डिकाप्याकwaterproof_accessories_3

यो एसेसरिज क्यामरालाई वर्षाको पानीबाट बचाउन प्रयोग गरिन्छ । यो कभरमा क्यामरको फीचर्सलाई ध्यानमा दिएर डिजाइन गरिएको हो । यसको विशेषता यो हो की तपाईँले यो कभरलाई ३३ फिट गहिराईसम्म पानीभित्र प्रयोग गर्न सक्नुहुन्छ । अण्डरवाटर फोटोग्राफीका लागि पनि यो कभर काम लाग्दछ । यसमा क्यामराको लेन्सको लागि थ्री लेयर कोटिंग गरिएको हुन्छ । यो कभरद्धारा वर्षाको समयमा पनि फोटोको गुणस्तर कायम रहन्छ ।

पेलिकन केसेजwaterproof_accessories_4

तपाईँसँग ट्याबलेट छ र त्यसलाई पानीबाट बचाउन चाहनुहुन्छ भने यो केस उपयुक्त हुनसक्दछ । पानीबाट बचाउनुका साथै आकर्षक कभर प्रयोग गर्न चाहनेलाई पनि यो केस उपयुक्त छनौट हुनसक्दछ । यो पेलिकन केसको नाममा बजारमा उपलब्ध हुन्छ । यो पुरै एयरटाइट ब्याग हो । यसमा ट्याबलेट राख्दा पुरा सुरक्षा हुन्छ ।

बबलशिल्ड प्रोwaterproof_accessories_6_

यो कभर पनि ट्याबलेटलाई भनेर डिजाइन गरिएको हो । यो वर्षामा ट्याबलेटलाई सुरक्षित राख्न उपयोग गरिन्छ । वर्षाको समयमा पनि तपाईँले यो कभरको सहयोगमा आफ्नो ट्याबलेटमा सहजरुपमा काम गर्न सक्नुहुनेछ । यस्तो बेलामा भिडियो पनि हेर्न सकिन्छ । यो कभरलाइृ आईपीएक्स सेभेज सर्टिफिकेट दिईएको छ ।

यो कभरको प्रयोगपछि तपाईँको ट्याबलेट कुनै दुर्घट्नामा एक फिट मुनी पानीभित्र पस्यो भनेपनि ३० मिनेटसम्म तपाईँको ट्याबलेट सुरक्षित हुनेछ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: २२ असार २०७२, मंगलवार

ताजा समाचार