Technology Khabar २२ असार २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ असार । स्मार्टफोन प्रयोगकर्ताले अधिकांश समय इन्टरनेट स्पीडको समस्या आउने गर्दछ । हरेक समय डाटा प्याकेजको कम खर्चमा स्मार्टफोनमा विभिन्न काम गर्ने हरेक प्रयोगकर्ताको इच्छा हुने गर्दछ । अझ थ्रीजी, फोरजी डाटा प्याक मनलागुन्जेल चलाउन नपाईकन नै सकिँदा झनै हैरानी हुन्छ ।
यहि समस्या समाधान गर्न र इन्टरनेटको समस्यालाई ध्यानमा राख्नको लागि प्रयोगकर्ताका लागि एक एप बि बोण्ड उपयोगी हुन सक्दछ ।
यो एपको माध्यमबाट एन्ड्रोयड यूजर्सले टूजी डाटा प्याकमा पनि इन्टरनेटको स्पीड थ्रीजी वा फोरजी तथा वाईफाई नेटवर्कको बराबरको उपलब्ध हुनसक्दछ । त्यस्तै जुन यूजर्सका साथमा डाटा प्याक छैन ती प्रयोगकर्ताहरुले पनि इन्टरनेट चलाउन सक्नेछन् ।
यो एप निकै सजिलो भएको बताईएको छ । एपमा यूजर्सले एक म्यासेज ट्रान्सपोर्ट लेयर सेण्ड गरेर डाटाको प्रयोग गर्न सक्दछन् साथै यो एपमा कयौं थप जानकारी पनि उपलब्ध रहेको छ ।
यो एपमा बि बण्ड मेल, फेसबुक तथा ट्वीटरको जानकारी, मौसमको जानकारी, शेयर मार्केट, ल्यागंवेज ट्रान्सलेटर, मनी ट्रान्सलेटर, ट्रान्सपोर्ट, फूड, हेल्थ, होटल, स्टोर आदि जानकारी यसमा उपलब्ध छ ।
यो एपको महत्वपूर्ण विषय भनेको रोमिंगमा पनि प्रयोगकर्ताको डाटा प्याक अतिरिक्त खर्च हुँदैन् । साथै अन्तराष्ट्रिय डाटा रोमिंगमा पनि यसले काम गर्दछ भने यात्राको समय पनि यसले काम गर्दछ ।
यो एप अप्रिल महिनामा नै सार्वजनिक गरिएको भएपनि हाल भारतमा पनि यो एप सार्वजनिक गरिएको हो । यो एप हालसम्म ५ लाख भन्दा बढिले डाउनलोड गरिसकेका छन् । यो एप एन्ड्रोयडको २.३.३ भर्सन वा त्यसभन्दा नयाँ भर्सनमा मात्र प्रयोग गर्न सकिन्छ ।
यो एप डाउनलोड गरेर प्रयोग गर्न ७.५ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ ।
प्रकाशित: २२ असार २०७२, मंगलवार