शक्तिशाली ब्याट्रीसहितको ओकीटेलको फोन आउँदै, ‘के१००००’ स्मार्टफोनमा १० हजार एमएएच ब्याट्री

Technology Khabar १८ असार २०७२, शुक्रबार

शक्तिशाली ब्याट्रीसहितको ओकीटेलको फोन आउँदै, ‘के१००००’ स्मार्टफोनमा १० हजार एमएएच ब्याट्री

काठमाडौं ।

काठमाडौं, १८ असार । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी ओकीटेल(Oukitel) ले छिटै शक्तिशाली ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले अकटेल के १०००० (Oukitel K10000) नामक स्मार्टफोन चीनियाँ बजारमा सार्वजनिक गर्न लागेको हो ।

ओकीटेलले ल्याउन लागेको यो स्मार्टफोनको विशेषता भनेको यसमा राखिएको ब्याट्री हो । यो स्मार्टफोनमा १०,००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ ।MobileKhabar-2

अहिलेसम्म यो क्षमताको ब्याट्रीसहित कुनैपनि स्मार्टफोन सार्वजनिक भएको छैन् । केहि समय अघि चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले म्याराथन एम स्मार्टफोन सार्वजनिक गरेको थियो जसको ब्याट्री क्षमता करिब ६, ००० एमएएच मात्र रहेको छ ।

यो स्मार्टफोन अधिक समयसम्म फोन प्रयोग गर्नेहरुका लागि निकै उपयुक्त हुन सक्दछ । यसमा भएको ब्याट्री क्षमता सामसुंग ग्यालेक्सी नोट फोरमा रहेको ब्याट्रीभन्दा तीन गुणा अधिक शक्तिशाली रहेको छ ।MobilesKhabar-3

एप्पल तथा सामसुंगका सबैभन्दा पछिल्ला संस्करणका स्मार्टफोनहरुमा पनि यस्तो पावरफुल ब्याट्री छैन् ।

हालै ओकीटेलको यो स्मार्टफोनको तस्विरहरु लीक भएका छन् । तस्विरअनुसार यो फोनको माथिल्लो भागमा मेटल राखिएको छ भने फोनको साइड तथा तलपट्टिको भागमा दुईवटा स्पीकर राखिएको छ । त्यस्तै यसको पछाडिको भागमा भने प्लाष्टिकको कभर रहेको छ । पावर बटन तथा भोल्यूम बटनरु दायाँ साइडमा रहेका छन् ।

सार्वजनिक भएका तस्विरअनुसार यो फोनमा ५.५ इन्चको एचडी डिस्प्ले रहेको छ । जसले ७२०X १२८० पिक्सेल रिजोल्यूशन सपोर्ट गर्दछ ।MobilesKhabar-4

यो स्मार्टफोनमा क्वाड कोर मिडिया टेक एमटी ६७३५ प्रोसेसर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्याम १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

एन्ड्रोयडको ललीपप ५.१ मा आधारित अकटेल के १०००० स्मार्टफोनले फोरजी सपोर्ट गर्दछ ।

ओकीटेलको नयाँ स्मार्टफोनको मूल्य तथा सार्वजनिक हुने मिती भने जानकारीमा छैन् । नयाँ ल्याउन लागेको स्मार्टफोन चीनियाँ बजारलाई ध्यानमा राखेर कम्पनीले ल्याउन लागेको बताईएको छ ।

easy care

प्रकाशित: १८ असार २०७२, शुक्रबार