Technology Khabar १८ असार २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १८ असार । भूकम्पबाट पीडित नेपालीहरुलाई सहयोग पुग्ने हेतुले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) अन्तर्गतको क्यान यु.एस.ए.ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ हजार डलर सहयोग गरेको छ । क्यान महासंघ तथा क्यान यु.एस.ए.का प्रतिनिधीहरुले विहिवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम वुभ्mदै प्रधानमन्त्री कोइरालाले कोषमा जम्मा भएको रकम वास्तविक पीडित समक्ष पुर्याउने र पुनर्निमाणमा सबै एकजुट भएर लाग्नुपर्ने वताए ।
चेक हस्तान्तरण गर्दै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकाल, क्यान यु.एस.ए.का अध्यक्ष प्रदिप खनाल, क्यान महासंघका महासचिव विश्व राम वलामी, क्यान यु.एस.ए.का कोषाध्यक्ष पूकार भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
क्यान महासंघले भूकम्पबाट क्षति पुगेका नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, काठमाण्डौं लगायतका जिल्लाहरुमा आधारभूत खाद्यान्न वितरण, अस्थायी घर निर्माण, मोबाईल चार्जर, सोलार बत्ती, ब्ल्याकेट बितरण, निःशुल्क वाईफाई जडानलगायतका काम गरेको थियो । त्यसैगरी भूकम्पमा हराएका ब्यक्तिहरुको खोजी गर्ने उद्देश्यले नेपाल प्रहरी र मर्कन्टायल कम्यूनिकेसनको सहकार्यमा मिसिंगपिपुल डट जिओभी डट एनपी नामक वेब पोर्टलको थालनी गरेको छ ।
यसैगरी यस महासंघ कै पहलमा एशियन ओशिनिया कम्प्यूटिंग इन्डष्ट्रिज अर्गनाइजेशनद्धारा नेपाल रेडक्रस सोसाईटिलाई महाभूकम्म पिडितको सहयोगार्थ १५ हजार २ सय अमेरिकी डलर को चेक पनि हस्तान्तरण गरिएको क्यानले जनाएको छ ।
प्रकाशित: १८ असार २०७२, शुक्रबार