डिस होमको मूभि अन डिमाण्ड एक महिनाको लागि निःशुल्क

Technology Khabar १८ असार २०७२, शुक्रबार

डिस होमको मूभि अन डिमाण्ड एक महिनाको लागि निःशुल्क

काठमाडौं ।

काठमाडौं, १८ असार । डिस होमले यहि असार १७ गतेदेखि लागू हुने गरी च्यानल नं. ११२ मा प्रसारण हुने मूभि अन डिमाण्ड एक महिनाको लागि निशुल्क प्रदान गरेको छ ।

यस योजना मार्फत १ महिनासम्म लगातार नयाँ नयाँ नेपाली सिनेमा प्रसारण हुने कम्पनीले जनाएको छ । मूभि अन डिमाण्डमार्फत बिहान, दिउँसो, अपरान्ह र साँझ गरी दिनमा चार पटक एउटै फिल्म प्रसारण गरिन्छ । यो अफर डिस होमका सम्पूर्ण ग्राहकहरुका लागि प्रदान गरिएको कम्पनीले जानकारी दियो ।

यी सिनेमा हेर्नका लागि ग्राहकहरुले आफ्नो नियमित प्याकेज एक्टिभ भएको हुनु पर्नेछ । डिस होम रिचार्ज नगरेका ग्राहकहरुले समेत नियमित प्याकेजको रिचार्ज गरी यी सिनेमा निःशुल्क हेर्न सक्ने बताईएको छ ।

ग्राहकहरुले आप्mनो नियमित प्याकेज रिचार्ज गरी १ महिनामा रु ६सय बराबरका ३० वटा सिनेमाहरु निःशुल्क हेर्न सक्ने कम्पनीको भनाई छ ।

Sajilo Visa

प्रकाशित: १८ असार २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार