फेसबुकमा भिडियो अपलोड गर्नुहोस, पैसा कमाउनुहोस्

Technology Khabar १८ असार २०७२, शुक्रबार

फेसबुकमा भिडियो अपलोड गर्नुहोस, पैसा कमाउनुहोस्

काठमाडौं ।

काठमाडौं, १८ असार । फेसबुकमा आफ्नो मौलिक किसिमको भिडियो अपलोड गर्ने व्यक्तिले अब आम्दानी गर्न सक्ने भएका छन् । फेसबुकले भिडियो अपलोडरलाई आकर्षित गर्न सजेस्टेड भिडियो फीचर ल्याएको छ ।

यो फीचरबाट यूजर्सको भिडियो क्लिप्स तथा विज्ञापनहरुलाई एकत्रित गरेर आफैं एक भिडियो तयार पार्दछ ।

यो भिडियोलाई जति धेरै मानिसहरुले हेर्दछन् त्यति धेरै कमाउन सकिनेछ । भिडियोमा समावेश गरिएको विज्ञापनहरुबाट हुने कमाईको ४५ प्रतिशत हिस्सा भने फेसबुकले नै राख्नेछ ।

फेसबुकका अनुसार फेसबुकको वेबसाइटमा दैनिक करिब चार अर्ब पटक भिडियो हेर्ने गरिन्छ ।

केहि विशेषज्ञहरुले भने फेसबुकमा भिडियोको बढ्दो लोकप्रियताले यूट्यूबलाई खतरा उत्पन्न भएको छ ।youtube

आईएचएस कन्सल्टेन्सीकी एडभरटाईजिंग एनालिष्ट एलेनी मारौलीले भनिन्, भिडियोको संसारमा फेसबुक निकै आक्रामक तरिकाले अगाडि बढिरहेको छ ।

मारौलीले भनिन्, डिसेम्बर २०१४ मा फेसबुकले भ्यूजको बारेमा पहिलो पटक यूट्यूबलाई पछाडि छोडेको थियो । आगामी वर्षहरुमा यूट्यूब अझ पछाडी हुने हामीलाई लाग्दछ ।

यो वर्ष जून महिनामा अमेरिकी कम्पनी एसबीओले आफ्ना केहि कार्यक्रमहरु फेसबुकमा प्रशारित गर्ने घोषणा गरेको थियो ।

भिडियो अपलोड गरेबापत पैसा प्राप्त हुनेभएपछि अन्य निर्माताहरुले पनि आफ्ना कन्टेन्ट फेसबुकमा अपलोड गर्न हौसला मिल्नेछ ।

यूट्यूबले भिडियो अपलोड गर्नेहरुलाई त्यसमा देखाईएको विज्ञापनहरुबाट हुने आम्दानीका ५५ प्रतिशत दिन्छ । उता फेसबुक त्यहि ५५ प्रतिशतलाई कयौं यूजर्सका बिचमा बाडिरहेको छ ।

फेसबुकले सन् २०१५ को पहिलो त्रैमासिकमा विज्ञापनहरुबाट ३.३ अर्ब डलरको कमाई गरेको थियो । यसको ७५ प्रतिशत आम्दानी मोबाइलमा आउने विज्ञापनहरुबाट आएको हो ।

भिडियो म्यानेज गर्ने सुविधा

यूट्यूबले आफ्ना यूजर्सलाई उनिहरुको भिडियो आफैं म्यानेज गर्ने सुविधा दिन्छ । फेसबुकले अहिले केहि मिडिया ग्रुप तथा चुनिएका मानिसहरुसँग मात्र मिलेर काम गरिरहेको बताएको छ ।

भिडियो बनाउनेहरुलाई यूट्यूबको तुलनामा फेसबुकमा भिडियो सर्च गर्न केहि गाह्रो हुनेछ ।

एनालिष्ट मारौलीले पैसा निर्णायक भूमिका निभाउन सक्ने मान्दछिन् । उनले भनिन् यो क्षेत्रका ठूला खेलाडीहरुलाई आफ्नो भिडियो प्रस्तुत गर्नका लागि फेसबुक वा यूट्यूव जस्ता प्रविधि कम्पनीको त्यति आवश्यकता छैन् ।

मारौलीका अनुसार यदि ठूला कम्पनीहरु यो डिलबाट खुशी नभएमा आफ्नो हात झिक्न सक्नेछन्, उदाहरणको रुपमा च्यानल ४ ले यूट्यूबसँग गरेको थियो ।

बीबीसी डटकमबाट साभार

easy care

प्रकाशित: १८ असार २०७२, शुक्रबार

ताजा समाचार