माइक्रोम्याक्स क्यानभास डूडल फोर बजारमा, भारतभन्दा केहि महँगो मूल्य तोकियो

Technology Khabar १७ असार २०७२, बिहीबार

माइक्रोम्याक्स क्यानभास डूडल फोर बजारमा, भारतभन्दा केहि महँगो मूल्य तोकियो

काठमाडौं ।

काठमाडौँ, १७ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल क्यानभास डूडल फोर (Canvas Doodle 4) बजारमा उपलब्ध गराएको छ ।

माइक्रोम्याक्सले प्रस्तुत गरको नयाँ डूडल फोर एन्ड्रोयडको ललीपप ५.० अपरेटिंग सिष्टममा आधारित रहेको छ । जसले गूगल प्ले स्टोरमा भएका करोडौ एपहरुबाट आफूलाई चाहिने एपहरु छानेर झिक्नुको साथै यसका भएको भ्वाइस कमाण्ड गर्न सहज गराउने कम्पनीको दाबी छ । यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर एआरएम कोर्टेक्स ए सेभेन प्रोसेसर राखिएको छ ।micromax-doodle 4

माइक्रोम्याक्सको नयाँ फ्याबलेट क्यानभास डूडल फोरमा ६ इन्चको गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको आईपीएस स्क्रीन राखिएको छ । यो क्यामरामा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । माइक्रोम्याक्स क्यानभास डूडल फोरमा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।micromax-doodle 4

यस फोनमा १ जीबीको डिडिआरथ्री र्याम रहेको छ भने यसमा कनेक्टिभिटीका लागि थ्रीजी, ब्लूटूथ, वाईफाई लगायतका फीचरहरु राखिएको छ । दुई सिम प्रयोग गर्न सकिने यो फोनमा ३,००० एमएएचको ब्याट्री रहेको छ । यो स्मार्टफोन नेपाली बजारमा १५ हजार ९५० रुपैंयामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

माइक्रोम्याक्सले भारतीय बजारमा यो फ्याबलेट गत मे महिनाको अन्त्यमा सार्वजनिक गरेको थियो । नेपाली बजारमा करिब १ महिनापछि भित्रिएको यो स्मार्टफोनको मूल्य भारतीय बजारको भन्दा केहि बढि तोकिएको छ ।भारतमा यो फोनको मूल्य ९,४९९/- भारु अर्थात करिब १५ हजार १९९ रुपैंया रहेको छ ।

easy care

प्रकाशित: १७ असार २०७२, बिहीबार

ताजा समाचार