Technology Khabar १७ असार २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १७ असार । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अनर सेभेन (Honor 7) चीनियाँ बजारमा सार्वजनिक गरेको हो ।
हुवावेले अनर सेभेन १६ जीबी, १६ जीबी ड्यूअल सिम तथा ६४ भेरिएन्ट गरेर ३ भेरिएन्टमा सार्वजनिक गरेको छ ।
हुवावेको यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० अपरेटिंग सिष्टममा आधारित रहेको छ । यो स्मार्टफोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले छ, जसले १०८० ह् १९२० पिक्सेलको रिजोल्यूशन क्वालिटि दिन्छ ।
अनर सेभेनमा ६४ बिटको अक्टा कोर कीरीन ९३५ प्रोसेसर रहेको छ जसमा २.२ गीगाहर्जको कोर्टेक्स ए५३ क्वाड कोर तथा १.५ गीगाहर्जको कोर्टेक्स ए ५३ क्वाड कोर प्रोसेसर राखिएको छ ।
यो स्मार्टफोनमा ३ जीबीको र्याम रहेको छ भने कम्पनीले यसमा ३.१ स्कीन्ड यूजर इन्टरफेस दिएको छ । यसमा रहेको स्टोरेज बढाउन माइक्रो एसडी स्लट पनि राखिएको छ, जसको मद्धतले १२८ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।
हुवावेको अनर सेभेन स्मार्टफोनमा फेस डिटेक्शन अटोफोकश फीचरका साथमा २० मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
कम्पनीले यसमा फिंगरप्रिन्ट सेन्सर पनि राखेको छ । यो फोनमा कनेक्टिभिटीका लागि एनएफसी, ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ४.१, जीपीएस, तथा फोरजी एलटीई रहेका छन् ।
यो फोन ८.५ मिलिमीटर मोटाई तथा १५७ ग्राम तौल रहेको छ । यसमा ३१०० एमएएचको ब्याट्री छ । कम्पनीले यो फोन १ घण्टा २५ मिनेटमा शुन्यदेखि शतप्रतिशत चार्ज हुनसक्ने दाबी गरेको छ । यसका साथै ३० मिनेटभित्र ५० प्रतिशत चार्ज हुने कम्पनीको भनाई छ ।
हुवावेले चीनियाँ बजारमा मात्र उपलब्ध गराएको यो स्मार्टफोनको मूल्य १६ जीबीको १,९९९ यूआन, १६ जीबी ड्यूल सिमको २,१९९ यूआन तथा ६४ जीबीको २,४९९ यूआन तोकेको छ ।
यो स्मार्टफोन विश्व बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: १७ असार २०७२, बिहीबार