जियोनिद्वारा नेपाललाई रु५५ लाख सहयोग, हरेक मोबाइल बिक्रीको रु५० बालबालिकालाई

Technology Khabar १७ असार २०७२, बिहीबार

जियोनिद्वारा नेपाललाई रु५५ लाख सहयोग, हरेक मोबाइल बिक्रीको रु५० बालबालिकालाई

काठमाडौं ।

काठमाडौं, १७ असार । चीनियाँ मोबाइल निर्माता कम्पनी जियोनिले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैंया सहयोग प्रदान गरेको छ ।

जियोनिका अध्यक्ष विलियम लुले मङ्गलबार प्रधानमन्त्री शुशील कोईरालालाई प्रधानमन्त्री राहत कोषका लागि भनेर ५० लाख रुपैंयाको चेक प्रदान गरेका हुन् । अध्यक्ष लुले नेपालमा भुकम्प पीडितप्रति जियोनीका तर्फबाट सहानुभूति व्यक्त गरे । नेपालका लागि सहयोगी हात बढाएकोमा प्रधानमन्त्री शुशिल कोईरालाले जियोनिप्रति धन्यवाद व्यक्त गरे ।Pic 1

त्यसैगरी भुकम्प पीडितका लागि भनेर जियोनिले “जियोनि सहयोगी हात कोष” को पनि स्थापना गरेको छ । उक्त कोषको औपचारिक घोषणा बुधवार एक कार्यक्रमकाबिच कम्पनीका अध्यक्ष लु तथा मिस नेपाल इभाना मानन्धरले गरे । MobilesKhabar_3

सोहि कोषमा जियोनिले पाँच लाख रुपैंया जम्मा गरिसकेको छ । सो कोषबाट जियोनिले भुकम्प पीडितका लागि भनेर भक्तपुरमा २५ अस्थायी घर निर्माण गर्दैछ । मंगलबार नै विलियम लुले भक्तपुर गई केहि अस्थायी घर एक स्थानीय विकास समितिका कोषाध्यक्ष रोशन भयाद्योलाई हस्तान्तरण गरे । आगामी दिनमा जियोनिले भुकम्प पीडितका लागि भक्तपुरमा अझ केहि अस्थायी घर निर्माण गर्नेछ ।

मिस नेपाल मानन्धरले आगामी तीन महिनामा प्रत्येक जियोनि फोनको बिक्रीबाट रु ५० जियोनि सहयोगी हात कोषमा जम्मा गर्ने जानकारी प्रदान गरिन् । हालका लागि सो रकम बाल मन्दिरमा अवस्थित ५ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि प्रदान गरिने  कम्पनीले जनाएको छ ।

सेप्टेम्बर २०१४ मा नेपाल प्रवेश गरेको जियोनिका नेपालभरि ६०० रिटेल बिक्रेता  छन् भने नेपाली मोबाइल बजारमा जियोनी पाँचौ स्थानमा रहेको दाबी गरेको छ । ( हेडलाईन एडिटेड)

easy care

प्रकाशित: १७ असार २०७२, बिहीबार

ताजा समाचार