Technology Khabar १६ असार २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ असार । अहिले अधिकांश व्यक्तिहरुले स्मार्टफोन प्रयोग गर्ने वा किन्ने चाहना गर्दछन् । हाल विश्व बजारमा विभिन्न श्रेणीका स्मार्टफोनहरु उपलब्ध रहेका छन जसमा डाटा स्टोरेज गर्नका लागि माइक्रो एसडी कार्ड राख्नका लागि एसडी कार्ड स्लट राखिएको हुन्छ ।
स्मार्टफोन खरिद गर्नेमध्ये अधिकतम मानिसहरुले एसडी कार्ड प्रयोग गर्ने गरेका छन् । एसडी कार्ड तपाईँको फोन वा क्यामरा जस्ता डिभाइसहरुका लागि निकै उपयोगी वस्तु हो । यो कार्डमा तपाईँले फोटो, भिडियो, डकुमेन्टलगायतका विभिन्न डाटाहरु राख्न सक्नुहुनेछ । यस्तो एसडी कार्ड तपाईँले जहाँ पनि सुरक्षित साथ बोकेर लान सक्नुहुनेछ ।
तर यो एसडी कार्ड तपाईँले सहि तरिकाले प्रयोग गर्न सक्नुभएन भने यो बिग्रन सक्दछ साथै त्यसमा भएका फोटोहरु, भिडियोलगायतका डकुमेन्टहरु बिग्रने तथा हराउने संभावना हुन्छ ।
यदि तपाईँको एसडी कार्डमा केहि खराबी भएपनि यसलाई कहिलेपनि फर्म्याट नगर्नुहोस् । सबैभन्दा पहिले तपाईँले आफैं केहि मेहनत गरेर फोटो तथा भिडियो त्यसबाट झिक्नु पर्दछ ।
कहिलेकाँही कार्ड रिडरमा पनि खराबी हुनसक्दछ । यसैले यदि तपाईँको एसडी कार्ड चलेन भनेर चिन्ता नगर्नुहोस् । सबैभन्दा पहिले एक कार्ड रिडरमा नचलेमा दोस्रो कार्ड रिडरमा हालेर जाँच गर्नुहोस् ।
यस्तो कार्ड रिडर आजकाल निकै सहजरुपमा उपलब्ध हुन्छ, जसले माइक्रो एसडी तथा स्ट्याडर्ड कार्ड दुबैलाई पढन सक्दछ ।
डिस्क डिगर, जार तथा ईजअस फ्री डाटा रिकभरी जस्ता एप डाउनलोड गर्न सकिन्छ । तर एसडी कार्डमा भएको सबै फाईलहरु पुर्नप्राप्ति गर्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन् ।
अधिकतम समय पुर्नप्राप्तिको समयमा फाइलको नाम परिवर्तन हुन वा करप्ट हुने संभावना रहन्छ ।
केहि फ्री रिकभरी सफ्टवेयर वा एप्सले तपाईँको सबै फाइलहरु रिकभर गर्दैन् । यसका लागि तपाईँले एप वा सफ्टवेयर खरिद गर्नुपर्ने हुन्छ ।
जार वा अन्य एप इन्स्टल गरेपछि कार्डलाई रीडरमा लगाउनुहोस् त्यसपछि सफ्टवेयर वा एपमा क्लिक गर्नुहोस् । केहि समयपछि तपाईँको स्क्रीनमा इमेज रिकभरी अप्शन आउनेछ जसले तपाईँको फोटो रिकभर गर्ने काम शुरु गर्दछ ।
जब फाइल रिकभर भईरहेको हुन्छ त्यतिबेला तपाईँले रिकभर गरिरहेको फाईल कहाँ सेभ गर्ने भनेर सोध्नेछ ।
यस्तो फाईलहरुलाई सँधै कम्प्यूटरको हार्ड डिस्कमा सेभ गर्नुहोस् । यस्तो प्रकृयामा केहि समय लाग्नेछ । यसपछि सबै फाईलहरु रिकभर भयो वा भएन भनेर हेर्नुहोस् । बीबीसी डटकमबाट
प्रकाशित: १६ असार २०७२, बुधबार