Technology Khabar १६ असार २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ असार । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ एप ल्याएको छ । यो एपले आईओएसमा आधारित डिभाइस प्रयोगकर्तालाई फोटो एडिटिंगको सुविधा दिनेछ ।
यो एप एउटा अपडेट गरेपछि डिभाइसको देब्रे कुनामा म्याजिक ब्याण्ड (Magic Band) को नाममा देखिनेछ ।
स्न्यापच्याटभित्र एड भएको यो म्याजिक ब्याण्डलाई क्लिक गरेपछि फोटो एडिटर आउनेछ, जिसमा फिल्टर, साथीहरुलाई ट्याग गर्ने विकल्प, क्रम टूल, टेक्स्ट तथा स्टिकरको विकल्प देखिनेछ । स्टिकर प्याक डाउनलोड गरेपछि तपाईँले आफ्नो मनपर्ने स्टिकरलाई फोटोमा कतैपनि टाँस्न सक्नुहुनेछ । यतिमात्र होईन फोटो स्टिकरको कलर तथा टेक्स्टको पोजिशन पनि बदल्न सकिन्छ ।
फिल्टर भएपछि तस्वीरमा आएको परिवर्तनलाई सबै एडिटिंग पुराभएपछि स्लाइडरमा देखाउन पनि सकिन्छ । यसपछि यो तस्विरलाई सामान्य तरिकाले आफ्नो वाल (Wall) मा पोष्ट गर्न सकिनेछ ।
स्न्यापच्याट (Snapchat) ले पहिलेदेखि नै यूजर्सलाई फोटो पोष्ट गर्नुभन्दा पहिले क्याप्शन, इमोशन एड गर्ने मौका दिएको थियो । तर फेसबुकले फोटोमा स्टिकर टाँस्ने प्रयोग पछिल्ला कयौं महिनाहरुदेखि गरिरहेको थियो । यो प्रयोग फेसबुक म्यासेन्जरमा स्ट्याडलोन स्टिकर्ड एपको माध्यमबाट गरिरहेको थियो ।
हाल आएर फेसबुकले स्न्यापच्याटको नयाँ स्टाइल प्रयोग गरेको हो । यसभन्दा अघि सन् २०१३ मा फेसबुकले तीन अर्ब डलरमा अधिग्रहण गर्ने विषयलाई अस्विकार गरेको थियो । त्यसपछि फेसबुकले पहिलो पटक स्न्यापच्याटको कुनैपनि फीचरलाई प्रयोग गरेको हो ।
फेसबुकको स्लिंगशट एपमा पनि स्न्यापच्याटको टूल तथा फीचर रहेको छ तर स्न्यापच्याटको जस्तो यसमा कुनै समय अवधि छैन् । स्लिंगशट एप्पल तथा एन्ड्रोयड दुवै डिभाइसमा आधारित भएर प्रयोग गर्न सकिन्छ । तर यो प्रयोग गर्नको लागि भने फेसबुक एकाउन्ट हुनु आवश्यक छ । एजेन्सी
प्रकाशित: १६ असार २०७२, बुधबार