Technology Khabar १५ असार २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १५ असार । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ तीनवटा मोडलहरु माइक्रोम्याक्स बोल्ट डी २००, माइक्रोम्याक्स बोल्ट क्यू ३३५ तथा माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ (Micromax Bolt D200, Micromax Bolt Q335, Micromax Canvas Nitro E311) स्मार्टफोन बजारमा ल्याएको छ ।
माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ (Micromax Canvas Nitro E311)
माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ मा ५ इन्चको एचडी आईपीएस स्क्रीन राखिएको छ, जसलाई गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ । यो स्मार्टफोनमा १.४ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ भने यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ अपरेटिंग सिष्टममा आधारित रहेको छ ।
माइक्रोम्याक्सको क्यानभास निट्रो ई ३११ स्मार्टफोनमा १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।
यसका साथै माइक्रोम्याक्स क्यानभास निट्रो ई३११ मा २ जीबीको र्यामका साथमा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।
यो स्मार्टफोनमा ७.५ मिलिमीटिरको स्लिक फर्म फ्याक्टर रहेको छ जसले फोनलाई आकर्षक बनाउने कम्पनीको दाबी छ । यो स्मार्टफोन २,४०० एमएएच ब्याट्री पावरका साथमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले स्टाइल र पावरको राम्रो मिश्रण भएको फोनको रुपमा बजारमा ल्याएको छ ।
माइक्रोम्याक्स बोल्ट क्यू ३३५ (Micromax Bolt Q335)
यसका साथै ग्राहकहरुका लागि कम्पनीले अर्को नयाँ फोन माइक्रोम्याक्स बोल्ट क्यू ३३५ पनि बजारमा उपलब्ध गराएको छ । यो स्मार्टफोनमा ४.५ इन्चको एफडब्लूभीजीएर स्क्रीन छ भने १.२ गीगाहर्जको प्रोसेसर रहेको छ । एन्ड्रोयडको किटक्याट ४.४.२ मा आधारित यो स्मार्टफोनमा ५१२ जीबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ, जसलाई बढाएर ३२ जीबीसम्म बढाउन सकिन्छ ।
बोल्ट क्यू ३३५ स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । यो स्मार्टफोनमा थ्री जी, ब्लूटूथ, वाईफाई तथा यूएसबीको सुविधा पनि रहेको छ भने १,६५० एमएएचको ब्याट्री रहेको छ ।
माइक्रोम्याक्स बोल्ट डी२०० (Micromax Bolt D200)
माइक्रोम्याक्सले अर्को स्मार्टफोन बोल्ट डी२०० पनि बजारमा भित्र्याएको छ । यो स्मार्टफोन कम्पनीको सबैभन्दा नयाँ दुई सिम प्रयोग गर्न सकिने फोन हो जसमा १.३ गीगाहर्जको ड्यूल कोर प्रोसेसर रहेको छ ।
३.५ इन्चको एचभीजीए स्क्रीन भएको यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ मा आधारित रहकेो छ ।
बोल्ट डी २०० मा ५१२ एमबीको र्याम छ भने ५१२ एमबीको स्टोरेज रहेको छ । यो फोनमा ०.३ मेगापिक्सेलको रियर क्यामरा तथा ०.३ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।
कम्पनीले माइक्रोम्याक्स बोल्ट डी २०० फोनको मूल्य ५ हजार ८२ रुपैंया, बोल्ट क्यू ३३५ को ८ हजार ४७० रुपैंया तथा क्यानभास निट्रो ई३११ स्मार्टफोनको मूल्य २१ हजार १२० रुपैंया तोकेको जानकारी दिएकोछ ।
प्रकाशित: १५ असार २०७२, मंगलवार