जोलोको ‘ब्ल्याक’ ब्राण्डको स्मार्टफोन आउँदै, नयाँ फोनमा दुईवटा रियर क्यामरा

Technology Khabar १४ असार २०७२, सोमबार

जोलोको ‘ब्ल्याक’ ब्राण्डको स्मार्टफोन आउँदै, नयाँ फोनमा दुईवटा रियर क्यामरा

काठमाडौं ।

काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी जोलोले दुईवटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ । जोलोले आफ्नो नयाँ ब्ल्याक ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउन लागेको हो ।

कम्पनीले नयाँ स्मार्टफोनको बारेमा हालै टिजर भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको ३० सेकेण्डको टिजर भिडियोमा नयाँ स्मार्टफोनको विशेषताको बारेमा उल्लेख गरेको छ ।

भिडियोमा नयाँ मोबाइलको रियर पार्टको बारेमा जानकारी दिईएको छ । भिडियोका अनुसार यो स्मार्टफोनमा दुईवटा रियर क्यामेरा छ, दुबै क्यामराको बिचमा एउटा एलईडी फ्ल्याश रहेको छ । त्यसैगरी यो निकै स्लिम छ भने पछिल्लो भागमा ग्लास प्यानेल लगाएको छ ।

यो फोन दाग धब्बारहितको हुने नयाँ भिडियोमा देखाईएको छ ।

यो फोन फोरजी सपोर्ट गर्दछ भने यसमा एन्ड्रोयड ललीपप ५.१ मा आधारित हाईभ १.५ यूआई रहेको छ ।

कम्पनीले हरेक तीन महिनामा ब्ल्याक सब ब्राण्डमा नयाँ स्मार्टफोन लन्च गर्नेछ । नयाँ भिडियोअनुसार ब्ल्याक सिरिजको नयाँ स्मार्टफोन इकमर्श साईट फ्लिपकार्टमा मात्र खरिद गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्-

https://www.youtube.com/watch?v=WhyUcf_NY8Q

Sajilo Visa

प्रकाशित: १४ असार २०७२, सोमबार

तपाइको प्रतिक्रिया