लाभा मोबाइल नेपालका लागि अम्बे समूहले लियो, साउन १ देखि बजार प्रबद्र्धन

Technology Khabar १४ असार २०७२, सोमबार

लाभा मोबाइल नेपालका लागि अम्बे समूहले लियो, साउन १ देखि बजार प्रबद्र्धन

काठमाडौं ।

अनुज राज

काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी लाभाले नेपालमा रिब्राण्डिंग गर्ने भएको छ । लाभाले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पुनः ससक्त पार्न रिब्राण्डिंग गर्न लागेको हो ।

लाभाले नेपालमा अम्बे समूहलाई आधिकारीक बितरकको जिम्मा दिएपछि रिब्राण्डिंग गर्न लागेको हो ।

लाभा फोनले पहिलो पटक नेपालमा चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सलाई आधिकारीक बितरक तोकेको थियो तर विभिन्न कारणले लाभा र चौधरी समूहको सहकार्य तोडिएको हो ।

नेपालमा लाभाले अम्बे समूहअन्तरगतको अम्बे मोबाइल प्रा. लि. लाई आधिकारीक बितरक तोकेको छ । कम्पनीका निर्देशक पुर्णभद्र पौडेलले कम्पनीले नेपालमा पुन रिब्राण्डिंग गर्न लागेको जानकारी दिए । ‘करिब ५ महिनादेखि बजारमा लाभाको मोबाइल आधिकारीकरुपमा आउन सकेको थिएन्,’ निर्देशक पौडेलले भने, ‘अब हामी साउन १ गतेदेखि बजारमा लाभाको रिब्राण्डिंग गर्दैछौं ।’

पौडेलका अनुसार करिब १५ दिनदेखि बजारमा अम्बे मोबाइल कम्पनीमार्फत लाभा मोबाइलको बिक्री शुरु भईसकेको छ ।

हाल लाभा ब्राण्डका करिब ३० वटा मोडल नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । लाभाको फीचर फोन, स्मार्टफोन सबै बजारमा उपलब्ध भएको पौडेलले जानकारी दिए । लाभाको न्यूनतम १२ सय रुपैंयादेखि १६ हजार रुपैंयासम्मका फोनहरु बजारमा खरिद गर्न सकिने कम्पनीको भनाई छ ।

उता कम्पनीले करिब ३२ करोड रुपैंया बराबरको लाभा ब्राण्डको मोबाइलसहितका सामाग्री नेपाल भित्र्याईसकेको स्रोतले जानकारी दिएको छ । ‘अहिले नै लगभग ३२ करोडको सामान आईसक्यो,’ स्रोतले भन्यो ।

लाभाको आधिकारीक बितरकमा अम्बे मोबाइललाई तोकिएपनि लाभाको सर्भिस सेन्टर भने अर्कै कम्पनीले हेरिरहेको छ ।

लाभाले नेपालमा नै लाभा इन्टरनेशन (हंगकंग) लिमिटेड LAVA International (HK) Ltd. नामको कम्पनी स्थापना गरेर आफैंले कष्टमर सर्भिस एण्ड मेन्टेनेन्स हेरिरहेको छ । कम्पनीले नेपालमा सिधै ब्राण्डिंग तथा सेल्स पनि हेर्ने स्रोतको भनाई छ ।

विगतको समयमा नेपालमा तेस्रो/चौथो स्थानमा रहेको लाभा मोबाइल हाल कतिऔं स्थानमा छ भन्ने कम्पनीसँग कुनै जानकारी छैन् । ‘हामीले भर्खरै यो ब्राण्ड लिएका हौं,’ पौडेलले भने, ‘हामी लाभाको बजार अध्ययनको तथ्यांक संकलन गरिरहेका छौं ।’

Sajilo Visa

प्रकाशित: १४ असार २०७२, सोमबार

तपाइको प्रतिक्रिया