इन्टेक्सको बजेट स्मार्टफोन ‘एक्वा एक्सट्रीम टू’ लन्च

Technology Khabar १३ असार २०७२, आईतवार

इन्टेक्सको बजेट स्मार्टफोन ‘एक्वा एक्सट्रीम टू’ लन्च

काठमाडौं ।

काठमाडौं, १३ असार । भारतीय कम्पनी इन्टेक्सले एक्वा सीरीजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजेट स्मार्टफोनको रुपमा एक्सट्रीम २ लन्च गरेको हो ।
इन्टेक्सको यो फोन अनलाईन इकर्मश साइटमा मात्र खरिद गर्न सकिन्छ ।

इन्टेक्सको एक्सट्रीम २ मा ५ इन्चको आपीएस स्क्रीन राखिएको छ जसले रिजोल्यूशन ७२०X१२८० को एचडी डिस्प्ले सपोर्ट गर्दछ ।

यो स्मार्टफोनमा १.४ गीगाहर्जको अक्टा कोर मिडियाटेक एमटी ६५९२ एम प्रोसेसर राखिएको छ भने यसमा २ जीबीको र्याम रहेको छ । यो स्मार्टफोनमा स्टोरेजको लागि १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ । यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ अपरेटिंग सिष्टममा आधारित छ ।intex_aqua_xtreme_ii_2

इन्टेक्स एक्वा एक्सट्रीम २ फोनमा एलईटी फ्ल्याशका साथमा १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ । त्यस्तै सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसमा सिन डिटेक्शन, प्यानोरोमा, जिओ ट्यागिंग, वेस्ट शटलगायतका क्यामरा फीचरका अप्शन पनि रहेको छ ।

थ्रीजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जीपीआरएस, वाईफाई, माइक्रो यूएसबी, ब्लूटूथलगायतका कनेक्टिभीटिको अप्शन रहेको छ ।

यो फोनमा २,००० एमएएचको ब्याट्री छ जसले ८ घण्टाको टकटाइम तथा ३०० घण्टाको स्ट्याण्डबाई ब्याकअप दिन्छ ।

इन्टेक्सको एक्वा एक्सट्रीम स्मार्टफोनमा आस्क मी, क्विकर, न्यूजहंट, क्लीन मास्टर स्टार्ट, डक्टर सेफ्टी, तीन पत्ती लगायतका एप्स प्री लोड गरिएका छन् ।

बजेट स्मार्टफोनको रुपमा आएको यो फोनको भारतमा मूल्य ९, ५९० भारु तोकिएको छ ।

Sajilo Visa

प्रकाशित: १३ असार २०७२, आईतवार

तपाइको प्रतिक्रिया