यस्तो छ २३ लाख रुपैंया पर्ने फोन ‘भेर्टू सिग्नेचर फर बेन्टली’

Technology Khabar ११ असार २०७२, शुक्रबार

यस्तो छ २३ लाख रुपैंया पर्ने फोन ‘भेर्टू सिग्नेचर फर बेन्टली’

काठमाडौं ।

काठमाडौं, ११ असार । बेलायतको लक्जरी स्मार्टफोन कम्पनी भेर्टू (Vertu) ले आफ्नो दोस्रो फोन सार्वजनिक गरेको छ । कम्पनीले लक्जरी कार ‘बेन्टली’बाट अभिप्रेरित भएर त्यसका कार धनीहरुलाई लक्ष्य गरेर आफ्नो निकै महंगो स्मार्टफोन सार्वजनिक गरेको हो ।Vertu 1यो स्मार्टफोन पहिले सार्वजनिक गरिएको जस्तै बेन्टलीका लागि भनेर बनाईएको हो । यो वास्तवमा स्मार्टफोन नभईकन एउटा क्लासिक फीचर फोन मात्र हो, तर यो फोन भने निकै महंगो रहेको छ ।

‘भेर्टू सीग्नेचर फर बेन्टली’ (Vertu Signature for Bentley) फोनको मूल्य कम्पनीले १४ हजार ५ सय पाउण्ड अर्थात २३ लाख २० हजार रुपैंया तोकेको छ ।Vertu 2

यो फोन बेन्टली मूल्साने स्पीडबाट अभिप्रेरित रहेको बताईएको छ भने यो फोनमा केहि सामाग्रीहरु सोहि कारमा प्रयोग हुने सामाग्रीहरु रहेका छन् ।

यसमा रहेको कार्बन फाइबर वीभ कारमा प्रयोग हुने जस्तै हो भने पछाडि भागमा बेलुगा ब्ल्याक काल्फ लेदर राखिएको छ । यो सामाग्री पनि मूल्साने कारमा प्रयोग हुने गरेको छ ।

यो फोन प्रयोगकर्ताले लेदरको छनौट गरेर, महंगा जेम्स तथा रंग छनौट गरे बेन्टलीसँग आफ्नो फोनलाई कष्टमाइज गर्न सक्नेछ । यसको लागि यसमा २,३०० कष्टमाइजेशन अप्शन उपलब्ध रहेको भेर्टूले बताएको छ । Vertu 3

यसमा टाइटानियमद्धारा बेन्टली फ्लाईंग बीको लोगो बनाईएको छ । यो फोनको तौल १६७ ग्राम रहेको छ भने ४२ मिलिमीटर चौडाईको छ ।

यो फोनमा २ इन्चको क्यूभिजीए एलसिडी डिस्प्ले रहेको छ जसमा १६ मिलियन कलर सपोर्ट गर्दछ भने यसलाई सापीरे क्रिष्टलद्धारा सुरक्षित पारिएको छ । यसमा ४ जीबीको आन्तरिक मेमोरी छ भने १,०५० एमएएचको ब्याट्री राखिएको छ ।

सिग्नेचर बेन्टलीका खरिदकर्ताहरुले भेर्टूका विशेष सेवामा १ वर्षको कम्प्लिमेन्टरी पाउनेछन्, जहाँ लाईफस्टाइल म्यानेजरले सातै दिन २४ सै घण्टा सेवा दिनेछन् ।

यसमा रहेको भेर्टूको कोन्सीग्रे सेवाका लागि यो फोनमा रुबीद्धारा बनाईएको बटन भेर्टू की राखिएको छ जुन भ्वाईस तथा ईमेलमार्फत विश्वको जुनसुकै स्थानबाट लिन सकिन्छ ।Vertu 4

यो फोन आधिकारिक रुपमा सेप्टेम्बर १८ तारिखदेखि उपलब्ध हुनेछ, जुन अहिलेदेखि नै प्रि अर्डर गर्न सकिन्छ ।

यो दोस्रो फोन भेर्टू र बेलायती मोटर ब्राण्ड बेन्टलीबिच भएको पाँच वर्षे सम्झौता अन्तरगर ल्याईएको हो । यसअघि यस्तै फोन गर्त अक्टोबरमा सार्वजनिक गरिएको थियो । सन् १९९८ मा नोकियाद्धारा स्थापना भएको भेर्टूले विश्वमा निकै महंगा फोनहरु मात्र उत्पादन गर्दछ । यसका हरेक उत्पादन ह्याम्पसायरमा रहेको फ्याक्ट्रीमा हातद्धारा बनाईएका हुन्छन् ।Vertu 5

यसका फोनहरु विश्वभर ५०० रिटेलरबाट मात्र खरिद गर्न सकिन्छ । आश्चार्यलाग्दो विषय यो छ की विश्वभर भेर्टूका ३ लाख भन्दा बढि ग्राहकहरु रहेका छन् ।

नोकियाले सन् २०१२ मा बिक्री गरेको यो कम्पनी स्वेडिस प्राइभेट इक्वीटी फर्मले संचालन गर्दछ ।

Sajilo Visa

प्रकाशित: ११ असार २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार