एन्ड्रोयडका लागि माइक्रोसफ्टको वर्ड, एक्सेल र पावरप्वाइन्ट एप्स

Technology Khabar १० असार २०७२, बिहीबार

एन्ड्रोयडका लागि माइक्रोसफ्टको वर्ड, एक्सेल र पावरप्वाइन्ट एप्स

काठमाडौं ।

काठमाडौं, १० असार । माइक्रोसफ्ट कम्पनीले अब एन्ड्रोयडमा आधारित डिभाइसका लागि पनि आफ्नो अफिस प्याकेज ल्याएको छ । कम्पनीले एन्ड्रोयडका लागि वर्ड, एक्सेल, पावरप्वाइन्ट एप्स लन्च गरेको हो।

यो एप्स गूगलको प्ले स्टोरमा उपलब्ध हुनेछ । माइक्रोसफ्टको स्ट्रयाटेजीअन्तरगत अब सबै एप्लिकेशन्सलाई वृहतरुपमा पहुँच पुर्याउने रहेको छ ।

माइक्रोसफ्टका यी एप्स पहिले नै ट्याबलेट्स तथा आईफोन, आईप्याडका लागि उपलब्ध रहेका छन् ।

माइक्रोसफ्ट अफिस टीम कर्पोरेट भ्वाइस प्रेसिडेन्ट किर्क कोएन्ग्सबारले आफ्नो ब्लगमा पोष्ट गरेर एन्ड्रोयड एप्सको बारेमा जानकारी दिएका हुन् । वर्ड, एक्सेल, पावरप्वाइन्ट एप्सलाई एन्ड्रोयडका लागि घोषणा गर्दा खुसी महसुस गरेको उनले उल्लेख गरेका छन् ।

अब आउने नयाँ एप्स पुरानो अफिस एप्ससँग जोडिनेछन् ।

easy care

प्रकाशित: १० असार २०७२, बिहीबार