Technology Khabar १० असार २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १० असार । डीस होमले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउनका लागि नयाँ प्रविधिमा आधारित हाई डेफिनेसन च्यानलहरु थप गरेको छ ।
डीस होमले हालै एचबीओ हिट्स एचडी, एचबीओ सीग्नेचर एचडी र एचबीओ फ्यामिली च्यानलहरु थप गरेको हो । डीस होमले हाल १६ वटा हाई डेफिनेसन च्यानलहरु प्रशारण गरिरहेको छ । यी १६ वटा हाई डेफिनेसन च्यानलहरुका अलावा कम्पनीले ९३ वटा डिजिटल च्यानलहरु समेत प्रसारण गरिरहेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार निकट भविश्यमा नै ३० वटा हाई डेफिनेसन च्यानलहरु प्रसारण गर्नेछ । अहिले प्रसारण भइरहेका हाई डेफिनेसन च्यानलहरु ग्राहकको रोजाई अनुसारका प्याकेजमा राखिएका छन् ।
कम्पनीले हाल नेपाल भर ५ लाख ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित: १० असार २०७२, बिहीबार