Technology Khabar १० असार २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १० असार । के तपाईँलाई फेसबुकको म्यासेन्जर चलाउन मन भएपनि फेसबुक चलाउन अप्ठ्यारो लाग्दछ वा मन पर्दैन् ? त्यसो भए अब तपाईँको समस्या समाधान हुने भएको छ ।
फेसबुकले प्रयोगमा ल्याईरहेको म्यासेन्जरलाई अझै लोकप्रिय बनाउन कम्पनीले नयाँ व्यवस्था गरेको छ ।
अब तपाईँको फेसबुक एकाउण्ट नभएपनि फेसबुकको म्यासेन्जर प्रयोग गर्न सकिने भएको छ । फेसबुकको च्याट एप प्रयोग गर्न अब फेसबुकमा साईन-अप गर्न वा लग-ईन गर्न आवश्यक छैन् ।
म्यासेन्जर प्रयोग गर्न अब तपाईँले आफ्नो पहिलो नाम, अन्तिम नाम तथा फोन नम्बर मात्र भए पुग्दछ ।
फेसबुकले यस्तो सेवा हिजोदेखि अमेरिका, क्यानाडा, पेरु तथा भेनेजुयलामा मात्र शुरु गरेको छ । यस्तो सेवा भविश्यमा अन्य क्षेत्रमा पनि शुरु हुने बताईएको छ ।
फेसबुकले यसअघि सन् २०१२ मा भारतसहित अन्य तीन मुलुकहरुमा एन्ड्रोयड डिभाइसमा एकाउन्टलेस साईन अप (Account less Sign Up)को परिक्षण गरेको थियो तर त्यो परिक्षण केहि महिनापछि बन्द गरिएको थियो ।
अब फेसबुक म्याजेन्जरको होम स्क्रीनमा नट अन फेसबुक ? (Not On Facebook ?) भन्ने बटन पनि रहेको छ जसमा मानिसहरुले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ ।
फेसबुकले उक्त फोन नम्बर अन्य म्याजेन्जर प्रयोगकर्ताले दर्ता गरेका छन की छैनन् भनेर पहिचान गर्न र फेसबुक एकाउन्ट नभएकाहरुको सामाजिक ग्राफ बनाउन प्रयोग गर्नेछ ।
प्रयोगकर्ताहरुले अन्य मानिसहरुसँग च्याट गर्न फेसबुक सर्च कार्य पनि गर्न सक्नेछन्, जसले फेसबुकलाई उनिहरुको फोन नम्बर दिएका छैनन् ।
यो एक प्रकारको संबर्धित ठेगाना पुस्तिका जस्तै हो । तपाईँले म्यासेन्जरमा हरेकलाई खोज्न सक्नुहुनेछ ।
फेसबुकले यसका साथै म्यासेन्जरको अन्य कार्यगत क्षेत्रमा पनि काम गरिरहेको छ । यसमा फ्रेण्ड टू फ्रेण्ड पेमेन्टस् लोकेशन शेयरिंग अप्शन, डेडिकेटेड वेब इन्टरफेस, भीओआईपी भिडियो कलिंग, एप प्लेटफर्म फर सेण्डींग इमजे एण्ड साउण्ड क्लिप टू फ्रेण्ड्सलगायतका विषय रहेका छन् ।
यसैगरी फेसबुकले हालै आफ्नो नयाँ सेक्यूरिटी फीचर यूजर्सका लागि सार्वजनिक गरेको छ । यो सेक्यूरिटी टूल सोशल नेटवर्किंग साइटमा मालवेयर अथवा भाइरस सर्च गर्नेछ । फेसबुकले यो फीचरका लागी प्रख्यात एन्टीभाइरस कम्पनी कास्पर्सकी ल्याकसँग काम सहकार्य गरेको छ ।
यो टूलले पछिल्लो तीन महिनामा २० लाख मानिसहरुको असुरक्षित कम्प्यूटर्सबाट मालवेयर हटाएको थियो ।
यो टूलबाट मालवेयरको बारेमा थाहा पाउन यूजर्स फेसबुक एकाउन्टमा कनेक्ट भएको बेलामा मात्र थाहा हुन्छ । यस्तो अवस्थामा फेसबुकको एक ब्याकअप सेक्यूरिटी टूलले काम गर्नेछ, जुन फेसबुक प्रयोग गर्ने समयमा यूजर्सको कम्प्यूटर क्लीन गर्दछ ।
जब स्क्यान सकिन्छ तब यूजर्सलाई कम्प्यूटरमा के थियो भन्ने देखाउँछ ।
फेसबुकका अनुसार यो प्रोग्राम एक सिग्नल कम्बिनेशन हो जसले मालवेयर पत्ता लगाउँछ ।
प्रकाशित: १० असार २०७२, बिहीबार