सामसुंगको अत्याधुनिक ‘क्लियर ट्रक’ परिक्षणमा ‍(फोटो सहित)

Technology Khabar ९ असार २०७२, बुधबार

सामसुंगको अत्याधुनिक ‘क्लियर ट्रक’ परिक्षणमा ‍(फोटो सहित)

काठमाडौं ।

काठमाडौं, ९ असार । सामसुंग कम्पनीले प्रविधिको सहयोगमा सडक सुरक्षालाई बढाउने कार्यमा लागेको छ । सामसुंगले रोड सेफ्टी अर्थात सडक सुरक्षाका लागि अत्याधुनिक प्रविधियुक्त क्लियर ट्रक (Clear Truck) बनाउँदैछ ।

यात्राका क्रममा यस्तो अवस्था धेरै पटक हुने गर्दछ की दुई लेनको सडकमा यदि तपाईँ गाडि चलाउँदै हुनुहन्छ र तपाईँको अगाडि कुनै ठूलो ट्रक वा गाडि निकै कम गतिमा कुदिरहेको छ ।Clear Truck 3

यस्तो बेलामा तपाईँले आफ्नो अगाडिको निकै कम गतिमा कुदिरहेको गाडिलाई ओभरटेक गरेर अगाडि बढ्न चाहनुहुन्छ, तर अर्कोतर्फबाट आएको गाडि नदेख्दा समस्या हुन्छ । यस्तो बेलामा अगाडिको गाडिलाई ओभरटेक गर्दा दुर्घट्ना हुने संभावना पनि हुन्छ ।

यहि समस्यालाई ध्यानमा राखेर कोरियाली कम्पनीले एक प्रोटोटाइप ट्रक डिजाइन गरेको छ । कम्पनीले यो ट्रकको सहयोगमा सडक सुरक्षा बढाउन सकिने अपेक्षा गरेको छ । कम्पनीले बनाएको प्रविधियुक्त ट्रकको सहयोगमा सामसुंगले सडक दुर्घटना कम गर्न सहयोग हुने अनुमान गरिएको छ ।clear-truck 2

यो ट्रकमा कम्पनीले फ्रन्ट फेसिंग क्यामरा राखेको छ । यसमा नाइट भिजन क्यापासिटीको क्यामरा राखिएको छ जसले रातीको समयमा पनि सडकको दृश्य खिच्दछ ।

फ्रन्ट फेसिंग क्यामराको सहयोगले उक्त ट्रकको ड्राइभरले ट्रक चलाईरहेको समयमा पनि आफ्नो अगाडि जे देखिरहेको छ योहि दृश्य ट्रकको पछाडि राखिएको प्रोजेक्टरमा पनि देखिन्छ, जसले गर्दा उक्त ट्रकको पछाडि भएका गाडिको चालकले अगाडिको सडकको दृश्य देख्दछन् । यो दृश्यका सहयोगले पछाडिको गाडि चालकले अगाडिको गाडिलाई कसरी र कतिखेर ओभरटेक गरेर सुरक्षित साथ अगाडि जान सकिन्छ भन्ने बुभाउँछ ।samsung-safety-truck

कम्पनीकाअनुसार अजेन्टिनाको लोकल बिजनेस टू बिजनेस (B2B) क्लाइन्टका साथमा यसको टेष्टिंग गरेको छ । उक्त देशमा ट्राफिक दुर्घटना अधिक संख्यामा हुन्छ । कम्पनीले यस्ता ट्रकहरु स्थानिय गैरसरकारी संस्थाहरु तथा सरकारको साथमा मिलेर बनाउनेछ । यो सहकार्यले रोड एक्सिडेन्ट कम गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

Sajilo Visa

प्रकाशित: ९ असार २०७२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार