Technology Khabar ७ असार २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ७ जेठ । नेपाल विज्ञापन संघ (आन) को पश्चिमाञ्चल समिति गठन भएको छ । विज्ञापन व्यवसायीहरुको राष्ट्रिय छाता संगठन आनको नवगठित पश्चिमाञ्चल समितिको संयोजकमा पोखराका मिडिया व्यवसायी दुर्गा प्रसाद हुमागाईं चयन भएका छन् । संयोजक हुमागाईं सफल मिडिया हाउस तथा सफल बिज लिंक पोखराका अध्यक्ष एवम् कार्यकारी निर्देशक हुन् उनी विगत १७ वर्षदेखी मिडिया क्षेत्रमा आबद्ध छन् ।
समितिको अन्य सदस्यमा माधव प्रसाद बराल स्नेहा मिडिया सप्लायर्स, शोभित बस्याल परिचय एड्भरटाइजिङ्, रिजन नेपाल, नेपाल एड्भरटाइजिङ् एजेन्सी रहेका छन् । त्यस्तै समितिको सल्लाहकारमा गंगाधर पराजुली गोल्डेन न्यूज दैनिक, रमेश पौडेल रेडियो बाराही, रविन्द्र बाँस्तोला हिमदुत दैनिक, भोला श्रेष्ठ रेडियो अन्नपूर्ण, शिरोमणी बराल सुनौलो एफ.एम., बिमला भण्डारी रेडियो जननी,सञ्जय मल्ल पोखरा एफ.एम. रहेका छन् ।
पश्चिमाञ्चल क्षेत्रका अन्य एजेन्सीलाई पनि समेटेर यो समितिलाई छिट्टै पश्चिमाञ्चल शाखाका रुपमा विस्तार गरिने नेपाल विज्ञापन संघ आनका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।
नेपाल विज्ञापन संघद्वारा आइतबार पोखरामा आयोजित प्रकाशन/प्रसारण संस्थाका प्रमुख तथा व्यवस्थापकहरु र विज्ञापन एजेन्सीका प्रमुखहरुबीच भएको छलफल कार्यक्रममा मोफसलका मिडियाहरुको समस्या र चुनौती तथा विज्ञापन एजेन्सीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको आनका महासचिव नारायण श्रेष्ठले बताए ।
प्रकाशित: ७ असार २०७२, सोमबार