ब्याट्री बदल्न सकिने स्मार्ट स्कूटर यस्तो छ

Technology Khabar ७ असार २०७२, सोमबार

ब्याट्री बदल्न सकिने स्मार्ट स्कूटर यस्तो छ

काठमाडौं ।

काठमाडौं, ७ असार । ताइवानमा यस्तो इलेक्ट्रिक स्कूटर बनाईएको छ जसको ब्याट्री परिवर्तन गर्न सकिन्छ ।

इलेक्ट्रिक स्कूटर बनाउने कम्पनी गोगोरोले यो स्मार्ट स्कूटरको निर्माण गरेको हो जसको मूल्य हाल ४ हजरा १ सय ४० डलर तोकिएको छ ।

कम्पनीले यो स्कूटर ताइपेईमा यहि २७ जूनदेखि खरिद अर्डर गर्न सकिने घोषणा गरेको छ । स्कूटर चलाउने व्यक्तिले शहरका गोगोरो कम्पनीका कयौं चार्जिंग स्टेशनहरुमा ब्याट्री बदल्न सक्नेछन् ।Gogoro-Smartscooter-Open-1

यो स्कूटरलाई रिचार्ज गर्ने एक मात्र तरिका भनेको यसको ब्याट्री बदल्नु हो । ग्राहकले यो स्कूटर खरिद गरिसकेपछि कम्पनीको नेटवर्कमा आबद्ध रहेर आफ्नो स्कूटर चार्ज गर्न सक्नेछन् ।

स्मार्ट स्कूटर बनाउने कम्पनीले पहिलो चरणमा स्मार्ट स्कूटर खरिद गर्ने ग्राहकहरुलाई चोरी भएमा एक सालको बीमा दिने बताएको छ ।

कम्पनीले दुई वर्षसम्म स्कूटरको निशुल्क मर्मत गर्ने तथा दुई वर्षसम्म ब्याट्री चार्जिंग स्टेशनहरुमा असीमित चार्ज गर्ने छुट खरिदकर्ताले पाउने जनाएको छ ।

यो हाईटेक स्मार्ट स्कूटरमा सहजरुपमा हटाउन सकिने ब्याट्री प्रयोग गरिएको छ भने यो स्कूटर चार्जगरेपछि करिब ९७ किलोमिटरसम्म गुड्दछ ।scooter

यसलाई स्मार्टफोनसँग पनि जोड्न सकिन्छ भने यसको आवाज तथा डिजिटल डिस्प्लेलाई आफ्नो रुचिका अनुसार बनाउन सकिने यसको विशेषता रहेको छ ।

यो स्कूटरको ब्याट्रीमा पनि कयौं सेन्सर तथा नियर फील्ड कम्यूनिकेशन चीप जडान गरिएको छ, जसले ब्याट्री साटफेर गर्ने स्टेशनमा त्यसको बारेमा जानकारी दिन्छ ।

प्रयोगकर्ताले स्टेशनमा ब्याट्री साटफेर गर्दा स्टेशनले त्यो स्कूटरलाई पहिचान गर्दछ र त्यससँग आबद्ध रहेको एकाउन्टलाई पनि पहिचान गर्दछ । यसले गर्दा प्रयोगकर्ताले उपयोग भएको ब्याट्री राखेर नयाँ रिचार्ज गरिएको ब्याट्री लिन सक्दछ ।

कम्पनीले पहिलो चरणमा यो प्रयोग ताइवानको ताइपेईमा मात्र गर्न लागेको हो जहाँ करिब १ बराबर एक स्कूटर रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ७ असार २०७२, सोमबार

ताजा समाचार