शक्तिशाली ब्याट्रीसहित सेलकनको ‘क्यू फाईभ के’ स्मार्टफोन

Technology Khabar ७ असार २०७२, सोमबार

शक्तिशाली ब्याट्रीसहित सेलकनको ‘क्यू फाईभ के’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ७ असार । भारतीय स्मार्टफोन निर्माता सेलकन(Celkon)ले नयाँ लो बजेट स्मार्टफोन लन्च गरेको छ । कम्पनीले मिलेनिया क्यू फाइभ के (Millennia Q5k) पावर स्मार्टफोन भारतीय बजारमा ल्याएको छ ।

यो स्मार्टफोन भारतभरका सबै स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सेलकनको यो स्मार्टफोनमा ५,००० एमएएचको ब्याट्री दिईएको छ, जुन निकै शक्तिशाली हो ।

कम मूल्यमा अधिक ब्याट्री क्षमता भएको यो फोन अन्य बजेट स्मार्टफोनहरुभन्दा निकै फरक देखिन्छ ।qk-power 2

यसअघि चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोमीले गत वर्ष ५,००० एमएएच पावरसहितको म्याराथून सिरिजको स्मार्टफोन ल्याएको थियो, जसको मूल्य १२, ९९९ भारु राखिएको थियो ।

सेलकनको यो स्मार्टफोनमा दुई सिम सपोर्ट गर्दछ । यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ, जो ४८०X८५४ पिक्सेलको रिजोल्यूशन रहेको छ ।

एन्ड्रोयडको किटक्याट ४.४ अपरेटिंग सिष्टममा आधारित यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यसमा ५१२ एमबीको र्याम छ भने ४ जीबीको आन्तरिक मेमोरी राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।qk5

सेलकनको नयाँ स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा छ भने ३.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

कनेक्टिभिटीका लागि यो स्मार्टफोनमा थ्रीजी, जीपीआरएस, वाईफाई माइक्रो यूएसबी तथा ब्लूटूथ अप्शन राखिएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ असार २०७२, सोमबार

ताजा समाचार