माइक्रोम्याक्सको बालबालिका लक्षित क्यानभास ट्याबी

Technology Khabar ७ असार २०७२, सोमबार

माइक्रोम्याक्सको बालबालिका लक्षित क्यानभास ट्याबी

काठमाडौं ।

काठमाडौं, ७ असार । माइक्रोम्याक्सले आफ्नो नयाँ डूअल मोड फ्यामिली ट्याबलेट सार्वजनिक गरेको छ । यो ट्याबमा बालबालिकाका लागि तथा अन्यका लागि प्रयोग गर्ने गरि दुई मोड राखिएको छ ।  कम्पनीले यो ट्याबको नाम ‘क्यानभास ट्याबी’ राखेको छ ।

माइक्रोम्याक्सको यो ट्याबलेट एन्ड्रोयडको किट्क्याट ४.४ भर्सनमा आधारित छ । यो ट्याबमा ७ इन्चको टिएफटी स्क्रीन राखिएको छ, जसले एचडी डिस्प्ले क्वालिटी सपोर्ट गर्दछ । ट्याबमा १.३ गीगाहर्जको ड्यूअल कोर प्रोसेसरका साथ १ जीबीको र्याम रहेको छ । यो ट्याबले ड्यूअल सिमका साथै भ्वाइस कलिंग फीचर्स पनि सपोर्ट गर्दछ ।micromax-launches-canvas-tabby-slate

ट्याबलेटमा २ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्टमा भिजीए क्यामरा राखिएको छ । क्यानभास ट्याबीमा ८ जीबीको आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको सहयोगमा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

कनेक्टिभिटीका लागि यो ट्याबमा थ्रीजीका साथै वाईफाई, ब्लूटूथ ४.०, जीपीएस, माइक्रो यूएसबी अप्शन राखिएको छ । यसमा ३,२०० एमएएचको ब्याट्री रहेको छ ।

यो भ्वाइस कलिंग ट्याबलेको मूल्य भारतमा ६,४९९ भारु रहेको छ । कम्पनीले यसलाई अनलाईन पार्टनर फ्लिपकार्टमा आजदेखि बिक्रीका लागि खुला गरेको छ ।0

माइक्रोम्याक्सको पहिलो यस्तो ट्याबलेट हो जुन बालबालिकालाई ध्यानमा राखेर बनाईएको छ । यसमा किड्स एजुकेशनलाई ध्यान दिईएको छ । यो ट्याबलेटलाई किड्स फ्रेन्डली मोडमा पनि राख्न सकिन्छ । यो ट्याबका साथमा शिक्षासँग सम्बन्धित १०० एप्स तथा ५०० भन्दा बढि भिडियो राखिएको छ ।

क्यानभास ट्याबीमा किड्स पेन्ट वाइल्ड एनिमल, किड्स पेन्ट वीकल, किड्स स्प्याल एण्ड लर्न फ्रुट्स, लर्न बडि पार्टस् जस्ता कयौं फीचर्स राखिएका छन् ।

Sajilo Visa

प्रकाशित: ७ असार २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार